लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपालकै पहिलो दोहोरी च्याम्पियन विजेता प्रकाश पराजुलीको आवाजमा रहेको नयाँ दोहोरी गित ‘हाँसेरै लाएको माया’को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समय अत्यन्तै चर्चामा रहेका दोहोरी च्याम्पियन विजेता प्रकाश पराजुली र गायिका प्रतिमा गैह्रेको आवाजमा रहेको उक्त गितमा गित प्रकाशकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा प्रेमिकल जोडीको माया प्रेमको प्रंसगलाई निकै उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ, दोहोरी च्याम्पियनको विजेता वनेका प्रकाशलाई सम्मान कार्यक्रम राखिएको कथावस्तु गितमा दर्शाईएको छ ।
प्रकाश भट्टको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित दोहोरी मोडेल अन्जलि अधिकारी र ओवी रायमाझीको अभिनय गरेका छन् ।
उक्त गितको म्युजिक भिडियो प्रकाश छेत्री को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा भिडीयो