• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

आफैँ आयोजक, आफैँ पाहुना ! पञ्चकन्याका अध्यक्ष उपाध्यक्षलाई थामी नसक्नुको माला

कबिलास, २९ मंसिर । नुवाकोटको पञ्चकन्या गाउँपालिका अनेक कारणले चर्चा र बिबादमा आउँने गर्दछ । गत बर्ष कार्यालयबाटै ५३ लाख बृद्धभत्ता हराएको प्रकरणको सत्यतथ्य अझै पनि उजागर हुन सकेको छैन । स्थानिय नागरिकहरु यस चोरीको घटनामा स्थानिय जनप्रतिनिधीकै प्रत्यक्ष-परोक्ष संलग्नता रहेको आशंका गर्दछन भने अनुसन्धान गर्नुपर्ने राज्यका निकायहरु कुरोको चुरो पत्ता लगाउन असमर्थ बनिरहेका छन ।

भत्ता लुटिएको वडा कार्यालयसंगै जोडिएको बिधालय कालिका माबिको प्राङ्गणमा तीन बर्षदेखी निरन्तर एउटै प्रतियोगिताको कपी पेष्ट भईरहेको छ । कुनै मौलिकता र बिबिधता नभएको उक्त एकाङ्की प्रतियोगिताको पहिलो बर्ष माओवादी सुप्रीमो पुष्पकमल दाहाल र काङ्ग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेलले हेलिकप्टरबाट सयर गरेर उद्घाटन गरेका थिए । नागरिकहरु खानेपानी, सडक, स्वास्थ जस्ता आधारभुत आवश्यकताबाट बन्चित भईरहँदा सडक सुधार गर्नुको साटो हेलिकप्टरबाट नेता ल्याएर फजुल खर्च गरेको भन्दै सो समयमा बिरोध भएको थियो ।

ठुलो लगानीको प्रतियोगिता गर्दाको मसलन्द खर्चबाट पनि राम्रै कमाई हुने भएर हो वा के भएर हो बर्षैपिच्छे सो कार्यक्रमलाई निरन्तरता दिएको दिएई छ । अनौठो कुरा यस्ता कार्यक्रमबारे सत्यतथ्य सम्प्रेषण गर्ने स्थानिय पत्रकार, सामाजिक ब्यक्ती कसैलाई पनि आमन्त्रण गरिँदैन । एउटा पार्टिको नेताले दलिय कार्यक्रम गरे जसरी सार्वजनिक कोषको पैसाबाट सो कार्यक्रम भएको भएई छ । बिगतमा सम्पन्न कार्यक्रमहरुको समिक्षा नगरिकन खर्चबारे स्थानिय र सरोकारवालालाई नबताईकन घरीघरी एउटै कार्यक्रम गरिनु नै शंकाको बिषय रहेको स्थानियबासी बताउँदछन ।

यही मंसिर २९ गते बुधवारदेखी सुरु भएको निरन्तरको तेश्रो भलिवल कप प्रतियोगितामा अनौठो दृष्य देखियो । सामान्यतया गाउँपालिकाले जिल्लाब्यापी प्रतियोगिता आयोजना गर्दा कुनै जिल्ला तहका बिशिष्ट ब्यक्तीलाई प्रमुख अतिथी (प्रमुख पाहुना) को रुपमा बोलाएर उद्घाटन गर्ने गरिन्छ । तर कालिका माबिको प्राङ्गणमा सुरु भएको जिल्ला स्तरिय भलिवल प्रतियोगितामा अयोजकहरु आफैँ पाहुना जसरि प्रमुख अतिथीको रुपमा घाँटीभरी माला लगाई मागेको लाजमर्नुको दृश्य देखियो । आफ्नो कार्यालयको आयोजनामा जिल्लाभरिका भलिवल खेल्नेहरुलाई बोलाएर आफैँलाई प्रमुख अतिथी (प्रमुख पाहुना) भन्न लगाएर घाँटिमा थामी नसक्नुको माला लगाएको फोटो अहिले सामाजिक सन्जालमा आलोचनाको बिषय बनिरहेको छ ।

प्रतियोगितामा सहभागी एक स्थानियबासी आफैँले जिल्लाब्यापी प्रतियोगिताको आयोजना गरेर आफैँलाई पाहुनाको रुपमा गलाभरी माला लगाउन लाउनु लज्जाको बिषय भएको प्रतिकृया दिन्छन । गाउँको छोटे राजाको झल्को दिनेगरी ‘……..भन्दा देख्नेलाई लाज’ जसरी आफैँ आयोजक रहेको कार्यक्रममा आफैँलाई प्रमुख अतिथी (पाहुना) भनेर थामी नसक्नुको माला लगाउँदै फेरीपनि म अध्यक्ष बन्छु भनेर भाषण गर्नु लज्जास्पद रहेको कबिलासबासीहरु वताउँदछन ।

अतिथीको अर्थ पाहुना हो । गाउँपालिकाको कार्यालय आफैँ आयोजक रहेको कार्यक्रममा पाहुनाको रुपमा बाहिरको बिशिष्ट ब्यक्तीलाई आमन्त्रण गरेर उद्घाटन समारोहमा सहभागी गराउनुपर्दथ्यो । वडा कार्यालय आयोजक रहेको कार्यक्रममा मात्र पालिकाका अध्यक्ष उपाध्यक्षहरु पाहुनाको रुपमा सहभागी हुनु स्वभाबिक हुन्थ्यो, तर गाउँपालिका आयोजक रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षाहरु आफै पाहुना बनेर गलाभरी माला लगाउनुले फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने नेपाली उखान चरितार्थ हुने कपिलेश्वर-मोठभन्ज्याङ स्थापना संघर्ष समितीका एक सदस्य वताउँदछन ।

उसो त गाउँपालिकाका अहिलेका जनप्रतिनिधीले ४ बर्षअघी नाम र केन्द्र तोक्दानै बिबेक गुमाएपछी उनिहरु बिबाद र आलोचनामा परिरहेका छन । एउटा वडाको नामबाट सिङ्गो पालिकाको नामाकरण हुन नसक्ने र केन्द्रपनि साबिकको मोठभन्ज्याङलाई हटाएर अन्यत्र लगिएको भन्दै स्थानियहरुले “कपिलेश्वर-मोठभन्ज्याङ स्थापना संघर्ष समिती’ बनाएर आन्दोलनका कार्यक्रम गर्ने तयारी गरिरहेका छन ।

बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.