• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवन प्रहरीमा यो कस्तो न्याय ? हराएको स्कुटर प्रहरी कार्यालयमा थोत्रिँदै, चोरीमा प्रयोग भएको स्कुटर लिएर चोर खुलेआम हिँड्दै

चितवन / गत महिनाको कार्तिक ८ गते नारायणगढबाट एउटा स्कुटर हरायो । अस्मिता खत्रीको नाममा रहेको होण्डाको ना ४० प २५७४ नम्बरको डियो स्कुटर हिमालयन बैंक अगाडिबाट दिउँसो करिब साढे तीन बजेतिर हरायो । अस्मिताका श्रीमान् कृष्णबहादुर खत्री बैंकमा काम गर्छन् ।

स्कुटर हराएपछि खत्रीले बैंको सिसीटिभी फुटेज हेर । फुटेजमा चाहीँ स्कुटर चोरी भएको देखिन्छ । दुई जना मिलेर आएका चोरले आफै होण्डाको ग्रेजा स्कुटर ल्याएको र उक्त स्कुटर त्यहाँ राखी विभिन्न सवारी साधनको लक खोल्ने प्रयास गरेको देखिन्छ । यसैक्रममा खत्रीको स्कुटर उनीहरु खोल्न सफल हुन्छन् । त्यसपछि एक जनाले खत्रीको स्कुटर लगेर जान्छन् भने अर्काेले चोरी कार्यमा प्रयोग गर्न ल्याएको स्कुटर लैजान्छ ।

त्यसपछि पीडित परिवारले प्रहरीलाई जानकारी गराए । वडा प्रहरी हुँदै उनीहरु जिल्ला प्रहरी कार्यालयसम्म पुगे । जिल्ला प्रहरी कार्यालयको सिसीटिभीमा हेर्दा चोरी भएको स्कुटर पुल्चोकबाट पोखराबसपार्कतर्फ मेन रोड हुँदै गएको थियो । चोरी कार्यमा प्रयोग भएको स्कुटर चाहीँ पुलतर्फ गई नदी किनारतर्फ गएको देखिन्छ । बजारमा प्रहरीले राखेको सिसीटिभी यति कमशल छन् की चोरीमा प्रयोग भएको स्कुटर देखिए पनि त्यसको नम्बर भने बुझिँदैन र मान्छे पनि चिनिँदैन ।

त्यसपछि प्रहरी कार्यालयले पीडितहरुलाई स्कुटर पाएमा खबर गर्ने आश्वासन दिँदै फिर्ता पठायो । त्यसपछि पीडितका छोरा र उनका साथीहरु मिलेर नदी किनारतर्फ गएको चोरी कार्यमा प्रयोग गरिएको स्कुटरको नम्बर पत्ता लगाउनतर्फ लागे । उनीहरु प्रत्येका होटलमा खाजा खाँदै र कतै विन्ति गर्दै त्यहाँको सिसीटिभी फुटेज हेरे । हेर्दै जाँदा एउटा क्याफेको सिसीटिभी फुटेमा प्रष्टरुपमा चोरीमा प्रयोग भएको स्कुटरको नम्बर देखियो ।

उक्त नं. पत्ता लगाइसकेपछि उनीहरुले प्रहरीलाई जानकारी गराए । प्रहरीले पीडित आफैलाई होण्डा स्वरुममा गएर उक्त नं. प्लेट कस्को नाममा छ भनेर हेर्न पठाए । पीडित एक्लै जाँदा स्वरुमले परिचय दिएन । प्रहरीसहित आउन भन्यो । पीडितहरुले प्रहरीलाई आग्रह गर्दा सहजै मानेनन् । पटकपटकको आग्रहपछि अन्तत प्रहरी स्वरुममा गए । होण्डा स्वरुममा पुगेपछि उक्त स्कुटर सुदिर सुर्खेतीको रहेको पाइयो । र सुर्खेती सोही होण्डा स्वरुममा विगतमा केही वर्ष काम गरेका रहेछन् । र अहिले भरतपुरको क्षेत्रपुरमा आफ्नै ग्यारेज सञ्चालन गरिरहेका रहेछन् । यसरी ग्यारेज वालाले नै स्कुटर चोरेको देखिन्छ । चोरी गर्ने अर्का व्यक्ति चाहीँ उनकै ग्यारेज अगाडि रहेको मोबाइल पसलका सञ्चालन रोशन मिजहार हुन्छन् ।

त्यसपछि वडा प्रहरीले ग्यारेजवालालाई पक्राउ ग¥यो र उनले चोरी कार्यमा प्रयोग गरिएको ग्रेजा स्कुटर पनि बरामद ग¥यो । अनुसन्धान गर्दै जाँदा चोरी भएको डियो स्कुटर कावासोती लगेर रिकण्डिशनमार्फत कावासोतीका २३ वर्षीय सुरज ढकाललाई ८८ हजारमा बेचेको देखिन्छ । त्यसपछि स्कुटर वडा प्रहरी कार्यालयमा ल्याउन लगाइयो । स्कुटरको स्वरुप केही परिवर्तन गरिएको पाइयो । सुधिर सुर्खेतीले आफ्नो दिदीको स्कुटर हो भनि बेचेको देखिन्छ ।

त्यसपछि वडा प्रहरीले दुई वटै स्कुटरसहित सुर्खेतीलाई जिल्लामा बुझायो । जिल्लामा पुगेपछि अर्का चोर रोशन मिजहारलाई पनि नियन्त्रणमा ल्याइयो । यसपछि प्रहरीले पीडितलाई जाहेरी दिन लगायो । पीडितका छोरा निर्मल पौडेलले कार्तिक १६ गते जाहेरी दिए । त्यसपछि प्रहरीले थप अनुसन्धान अगाडि बढायो । त्यसपछि अनुसन्धानकाबारेमा पीडितलाई जानकारी छैन ।

डेढ महिनापछि अदालतबाट धरौटीमा छुटेर चोर खुलेआम चोरी कार्यमा प्रयोग भएको ग्रेजा स्कुटर लिएर बजारमा खुलेआम घुमिरहेका छन् भने चारी भएको स्कुटर प्रहरी कार्यालयमा थन्किएर बसेको छ । उक्त स्कुटर दिनानुदिन थोत्रिँदै गएको छ । यी सबै गुनासाहरु सहित पीडित परिवार हामी समक्ष आएपछि यो कुरा सतहमा आएको हो ।

चोरी कार्यमा प्रयोग भएको स्कुटर बरामद हुनुपर्नेमा उक्त स्कुटरलाई छाडेर चोरी भएको स्कुटर भने प्रहरी कार्यालयमा षडाएर राखिएको छ । यस विषयमा प्रक्रिया दिँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले अदालतीय प्रक्रियामा रहेको बताए । उनले बरामद भएको स्कुटर किन छाडियो त भन्ने प्रश्नको जवाफ स्पष्टरुपमा दिन सकेनन् ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार ईश्वर आचार्यले चोरी भएको स्कुटर छड्न भनेर सरकारी वकिलले पत्र पठाएमा छाड्न अनुमति दिने बताए । यस्तै कहिलेकाहीँ सबै चोर पक्राउ नपरेको खण्डमा पनि सवारी फिर्ता गर्न नमिल्ने उनले बताए ।

आफ्नो सवारी साधन पाएपछि अधिकांश पीडित मुद्दा फैसलाका क्रममा नआउने, पटकपटक बोलाउनुपर्ने, मुद्दाका बारेमा वेवस्ता गर्ने गरेकाले सवारी साधन फिर्ता गर्न सरकारी वकिलले नमान्ने गरेको उनले बताए । मुद्दा फैसलाका दिन पीडित आउने प्रतिवद्दतासहित सवारी साधन फिर्ता गराउन सरकारी वकिलहरुलाई आग्रह गरिएको उनले बताए । यसर्थ सवारी धनीले मेरो स्कुटर फिर्ता पाउँ र म मुद्दा फैसलाका बेला जहिले पनि आउँछु भनि प्रतिवद्दतासहित निवेदन दिनुपर्ने उनले बताए ।

उक्त निवेदन चित्त बुझेमा मात्र सरकारी वकलिले स्कुटर फिर्ता गर्न सिफारिस गर्ने गर्छन् । मुद्दा फैसलाका क्रममा जाहेरी वालालाई ४ ५ पटक झिकाउनु पर्ने हुँदा जाहेरीवाला नआउने गरेको आचार्यले बताए । आफ्नो समान पाएपछि मुद्दालाई वेवास्ता नगर्न उनले आग्रह गरेका छन् ।

बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.