• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

अर्थोपेडिक क्षेत्रमा नेपाली चिकित्सकलेनै लेखेको पहिलो पुस्तक सार्वजनिक


चितवन ।

नेपाली चिकित्सा क्षेत्रको अर्थोपेडिकमा अध्ययन अध्यापन गर्न मिल्ने पुस्तक आज सार्वजनिक गरिएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन एवम नेपाल अर्थोपेडिक एसोसिएसन चितवनका अध्यक्ष सुरेश पाण्डेले लेखेको पुस्तक टेक्स्ट बुक अफ अर्थोपेडीक्स आज बिमोचन गरिएको हो।
पुस्तकको बरिस्ठ अर्थोपेडिक डा.आनन्दप्साद रेग्मी, बरिस्ठ क्यान्सर सर्जन डा. भक्तमान श्रेष्ठ, डा. अर्जुन श्रेष्ठ र लेखका बुबा पुष्पराज पाण्डे,लेखकका श्रीमती रोश्ना बरालले संयुक्त रुपमा सार्वजनिक गरेका हु्न् ।


नेपाली चिकित्सक क्षेत्रमा नेपाली चिकित्सक ले लेखेको यो नै पहिलो किताब भएको लेखक पाण्डेले दावी गरे । विदेशीले लेखेका पुस्तकहरु पर्याप्त छन्,उनले भने ६ वर्षको मेहनतपछि पुस्तर तयार भएको छ । मेरो बुझाइमा अर्थोपेडिक क्षेत्रमा यो नै पहिलो पुस्तक हो जो नेपाली चिकित्सकद्धारा लेखियो ।”
देशभरका मेडिकल कलेजमा नेपाली चिकित्सक ले लेखेको पुस्तक प्रयोगमा ल्याउन उनको आग्रह छ। कितावको बुकिङ तीव्र भएको र धेरैले रुचाईदिएको भन्दै पाण्डेले कितावमा अर्थोपेडिक सम्वन्धी खोज अनुसन्धान बाट आएका नतिजा समावेश गरिएको र तस्बिर सहित समावेश हुँदा पुस्तक सरल बनेको जानकारी दिए । नेपाली मेडिकल कलेजका विद्यार्थीलाई मात्रै नभई विदेशका मेडिकल कलेजमा समेत पुस्तक प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

पुस्तक बिमोचन गर्न पाउँदा अत्यन्त हर्षविभोर भएको डा. पाण्डेको भनाई थियो । “चिकित्सा क्षेत्र र विषेश गरि अर्थोपेडिक विधामा दुरगामी र भावी पुस्तालाई समेत हुनेगरी केहि योगदान गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर पुस्तक लेखेको हु” उनले भने।

कार्यक्रमका प्रमुख अतिथि डा. आनन्द प्रसाद रेग्मीले नेपाल र नेपाल बाहिरका विद्यार्थीहरुलाई पुस्तक उपयोगी हुने बताए । यसले मेहनती अन्य चिकित्सकहरुलाई समेत आफ्नो क्षेत्रको विषयमा कलम चलाउन मद्दत मिल्ने र धेरै पुस्तकहरु प्रकाशित हुँदै जानेमा विश्वस्त रहेको बताउंदै शुभकामना दिए ।

विरामीलाई सेवा दिएर पनि समय बचाएर किताब तयार हुनु गोरवको कुरा भएको डा. अर्जुन श्रेष्ठले बताए । नेपालभर करिव ५ सय अर्थोपेडिक डाक्टरहरु रहेकोमा चितवनमा मात्रै ४० जना अर्थोपेडिक चिकित्सक रहेका छन् । एकेडेमी र रिसर्चको क्षेत्रमा समेत अघि बढ्न प्रेरणा मिलेको उनको भनाई छ ।

डा. भक्तमान श्रेष्ठले चितवन चिकित्सकको क्षेत्रमा समेत अव्वल रहेको भन्दै आएकोमा पुस्तक प्रकाशनले त्यसलाई प्रमाणीत गरेको बताए । आफूले व्यवहारमा थाहा पाएको नतिजालाई कितावमा उतारेर तयार पारेको यो पुस्तक विद्यार्थी,प्राध्यापकलाई धेरै उपयोगी हुने बताए । लेखकलाई वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालले समेत केही सहयोग गरेको उनको भनाई थियो ।

१५ वर्ष भन्दा वढी अनवरत सेवामा रहेका डा.पाण्डेले एमवीवीएस र एमएस अर्थोपेडीक्सको पढाईलाई केन्द्रित गरी नेपालका सबै स्वास्थ्य क्षेत्रका विश्वविद्यालयहरुको पाठ्यक्रमलाई आधार मानी तयार गरिएको जानकारी दिए । साथसाथै यो पुस्तक नवप्रवेसी अर्थपेडिक सर्जनहरु माझ पनि उपयोगी हुने उनको भनाई छ ।

३१८ पेजको पुस्तक समिक्षा पब्लीकेशनले प्रकाशनमा ल्याएको हो । लेखक डा. पाण्डको अनुसार अहिले तत्काल नेपाल र सार्क देशहरुका मेडिकल कलेजहरुमा पुस्तक पुर्याउने योजना छ । अहिले १ हजार प्रति पुस्तक प्रकाशीत छ । मूल्य रु. १४ सय रुपैयाँ भएपनि छुट सहित रु. ११ सय मा विक्रि भइरहेको जानकारी दिए । हालसम्म सवैले अत्यन्त राम्रो भएको प्रतिक्रिया दिएको र माग समेत बढेकाले चाँडै नै थप परिमाणमा पुस्तक प्रकाशीत गर्ने बताए । केही ल्याटीन अमेरिकाका विद्यार्थी जो नेपालमा पढु्दै आएका छन्, उनीहरुले समेत पुस्कत मन पराएको पाण्डेले बताए ।

सुनसरिमा जन्मिएका पाण्डेले विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानबाट आफ्नो अध्ययन सकाएका थिए । आफू अध्ययन गर्दा देखि अहिलेसम्म पनि नेपाली चिकित्सकद्वारा लेखिएको पुस्तक नभेटाएकाले पनि यस विषयमा आफूले विशेष चासो र समय दिएर किताव ल्याएको जानकारी दिए ।

नेपालभर रहेका १९ वटा मेडिकल कलेजमा यो पुस्तक पढाइ हुनेमा आफू आशावादी रहेको उनको भनाई छ । पुस्तकमा अर्थोपेडिक अर्थात हाड जोर्नी तथा नशा रोगसँग सम्वन्धीत तस्विरहरु समेत राखिएको, महत्वपूर्ण कुराहरुलाई वक्स बनाई हाइलाइट गरेको, खोज अनुसन्धानका लागि सहज हुने गरी तथ्याङ्कहरु समावेश गरेर टेवलहरुमा प्रस्तुत गरेको उनको भनाई छ ।

सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन
पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो
दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.