गोबिन्द नेपाली भन्ने एकजना व्यक्ति आफू विदेशमा हुँदा श्रीमतीलाई पठाउने गरेको पैसा अहिले हिनामिना भएको र आफ्नो श्रीमतीले छोरी पढाउने नाममा नजिकैको स्कुलमा पढाउने एकजना शिक्षकसँग लागेको पनि आरोप लगाएका छन्।यता श्रीमान् भन्छन्,उनकी श्रीमतीले त्यीनै शिक्षकसँग मिलेर आफू पनि बिग्रेको र व्यबहार पनि बिगारेको आ’रोप लगाएका छन्।
यता श्रीमती भन्छिन्,आफूले छोरी पढाउन र अन्य घरायसी व्यवहार टार्न भनेर गाउँकै स्कुलमा शिक्षण गर्ने एकजना शिक्षकसँग पैसा मागेर ल्याएको हो।त्यो छोरी र अन्य केही मानिसहरूले सरसँग पैसा हुन्छ र उहाँले लगाउनुहुन्छ भनेर ल्याएको हो।पछि उनलाई पैसा अभाव भएर छोरी पढाउन समेत मुस्किल परेको बेला त्यी शिक्षकले मेरोमा ल्याइदिनु न त म पढाइदिन्छु भनेर बोलाएको उनी बताउँछिन्।
यसअघिको कार्यक्रममा उक्त शिक्षकसँग कुराकानी गर्दा उनले पनि आफूहरू बीच कुनै पनि किसिमको अनैतिक सम्बन्ध नभएको बताएका छन्।आफूले पैसा चलाउन दिएकै कारण यस्तो आरोप खेप्नुपर्छ भन्ने समेत नसोचेको उनी बताउँछन्।त्यसैगरी श्रीमती भन्छिन्,म समानका मेरा छोरीहरू छन्।पहिले पनि उनीहरूलाई मैले नै पाल्दै आइरहेको थिएँ र अहिले पनि म आफैं पालिरहेको छु।
मैले बिहे गरेको १८ बर्ष जति भैसक्यो तर पनि मेरो नागरिकता बनाएको छैन अहिलेसम्म।यस बिषयमा श्रीमान भन्छन्,पहिले राम्रो हुञ्जेलसम्म श्रीमतीलाई पनि वास्ता भएन तर अहिले नराम्रो हुँदा उसले खोजी गरेकी छ।तर,श्रीमती भन्छिन्,पटकपटक बनाउनको लागि पहल गर्दा आग्रह गर्दा बनाइदिन नमानेको हो।
धेरै पछि छोराछोरी कक्षा सातमा पुग्दा खेरी करैले मात्रै बनाइदिएको थियो।पैसा नभएपछि रिण काड्न पनि आफैले श्रीमतीलाई लगाएको पनि उनको श्रीमतीले बताएकी छिन्।उनलाई आफ्नो श्रीमानले रिण काड्न उक्साएको उनले बताएकी छिन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल हेर्नुहोला।



