अष्ट्रेलियाले फेरि बन्द गर्यो सीमा नाका, उड्न लागेका नेपाली पनि रोकिने
काठमाडौं । अस्ट्रेलियामा अझै केही दिने अन्तर्राष्ट्रिय सीमानाका खुला नहुने भएको छ । त्यहाँको सरकारले यसअघि पर्सि (बुधबार)देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने बताएको थियो । तर नयाँ भेरिय’न्टको कारोना भाइर’स फैलिएको भन्दै केहीदिन सीमानाका नखोल्ने अस्ट्रेलिया सरकारले निर्णय गरेको हो ।
प्रधानमन्त्री स्कट मरिसनले दुई सता नयाँ कोरो’नाबारे अनु’सन्धान गर्न भन्दै तत्काल सीमानाका नखोल्ने निर्णय गरेका हुन् । यसअघिको निर्णयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि अष्ट्रेलिया प्रवेश गर्न पाउने भनिएको थियो । हालको निर्णयसँगै अष्ट्रेलिया जानलागेका कामदार तथा विद्यार्थीहरुलाई भने असर परेको छ ।
यसअघिको निर्णले नेपालबाट अध्यायनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु पनि १ तारिखदेखि नै उड्ने तयारीमा थिए । तर अब कम्तिमा पनि डिसेम्बर १५ सम्म अष्ट्रेलिया प्रवेश गर्न पाउने छैनन् ।
अष्ट्रेलियन नागरिकहरुलाई नै भने सीमामा प्रवेश रो’क लगाइने छैन । न्युज २४ बाट