बेवारिसे लास व्यवस्थापन तथा बेसाहाराको पुनर्जिवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनय जंग बस्नेत र पूजा विश्वकर्मा विवाह बन्धनमा बाधिए छन् । बस्नेतले जातिय भेदभावको अन्त्य गर्नुपर्छ भन्दै अन्तरजाति विवाह गरेका बताएको छन् ।
लामो समय देखि निरन्तर बेवारिसे लास व्यवस्थापन तथा बेसाहाराको पुनर्जिवन संस्था चलाउदै आएका बस्नेतले पूजासँग विवाह बन्धनमा बाधिएको फोटो सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । बस्नेतको यो उनको दोस्रो विवाह हो ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्ः जातिय भेदभाब को अन्त्य गरौँ । भासण र नारा अनि चिप्ला चुनाबी कुरामा मात्र सिमित नराखौँ । जातिय विभेद अनि जातिय छुवाछुत आजैबाट बन्द गारौ्। हामिलाई हौसला सहित शुभकामना अनि आशिर्वाद र बधाइ दिनु हुने सबै प्रती हार्दिक आभारी छौँ।
अन्तरजाति विवाह गरेका विनय बस्नेत र पूजा बिश्वकर्मालाई सामाजिक संजालमा मार्फत शुभकामना र बधाई दिनेको ओइरो लागेका छ ।