टाउकोमा ग’म्भीर चो’ट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो ,श्रीमती अँगालोमा लोलाइरहेकी थिइन् ।’ एक्कासी गड्ङग आवाज आयो ।
सुकुटेभन्दा केही किलोमिटर अघि सपरिवार रमाइलोसँग खाना आएर अघि बढेको ५ मिनेटमा नै खड्काले श्रीमती र छोरालाई सधैँका लागि गुमाउनुपर्यो । यो समाचार आजको राजधानी दैनिकमा दिनेश थापाले लेखेका छन् ।
यो पनि समाचार… विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो ।
नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् । अघिल्लो वर्षको अक्टोबरमा यस्तो सङ्ख्या करिब एक लाख ३१ हजार थियो ।
यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि आएको छ ।