स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । आँधीखोला–५ सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासी गुड्दा एक जना महिलाको मृत्यु भएको हो ।
सेतीदोभानस्थित वरको रुख भन्ने ठाउँमा रोकिराखेको ट्याक्टर अचानक गुड्न जाँदा चोक्करको भारी बोकेर हिँडिरहेकी आँधिखोला ६ कि ४५ वर्षीया माया विकको उपचारको क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर आफैं गुडेको वा चालकले दुर्घटना गराएर भागेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय स्याङजा प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।