• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

संसारको सबैभन्दा फेसनेबल परेवा, जसको विलाशी खर्च मात्र वार्षिक ६ लाख !

काठमाडौँ,  ५ असोज । केही मानिस घरपालुवा पन्छीका सौखिन हुन्छन् । तिनीहरु घरपालुवा पन्छीलाई आफ्नै सन्तानलाई झैँ माया गर्छन् र खानेकुराका साथै उत्कृष्ट स्याहार सुसार गर्छन् । मानिसलाई भन्दा बढी सुख, सुविधा दिएर परिपूर्ण बनाउँछन् ।

बेलायतको लिङ्कनसायरमा बस्ने मेगी जोन्सन पनि यस्तै सौखिनमध्येमा पर्छिन् । उनी आफ्ना दुईवटा परेवाका लागि हरेक महिना ४० देखि ६० हजार रुपैयाँ खर्च गर्छिन् । यति मात्रै होइन उनका परेवा असाध्यै फेसनेबल पनि छन्  । ती परेवाका लगाउने लुगाले भरिएको छुट्टै दराज छ; छुट्टै सुत्ने कोठा छ र स्ट्रोलरमा बसेर बाहिर घुम्न निस्किन्छन् । यो कुरा सुन्दा सायद कसैलाई पत्यार नलाग्न सक्छ तर यथार्थ यस्तो छ ।

२३ वर्षकी मेगी जन्सन पशु–पन्छी प्रेमी हुन् । उनले केही समय पहिले दुईवटा घाइते परेवा भेटेकी थिइन् । ती दुवै परेवा घरमा ल्याएर ६ हप्तासम्म राम्रोसँग स्याहार सुसार गरिन् । यो क्रममा उनलाई ती परेवाहरूको साधारण घरपालुवा जनावरको झैँ माया लागिसकेको थियो । तसर्थ तिनलाई घरमै राखेर पाल्ने निर्णय गरिन् । उनले ती दुईको नाम पनि राखिन् । एउटाको नाम स्काई र अर्कोको मुस राखिन् । उनले ती परेवाका लागि आकर्षक डिजाइनका ड्रेस बनाउँछिन् । त्यसका लागि उनी लाखौँ रुपैयाँ खर्च गर्छिन् ।

अहिले ती दुई परेवाले निकै विलासी जीवन विताइरहेका छन् । तिनले आफ्नो जन्म दिनमा निकै महँगा उपहार पाउँछन् भने खेलौना पनि धेरै नै छन् । ती दुई परेवा विशेष किसिमले बनाइएका स्ट्रोलरमा बसेर बाहिरी वातावरणसँग घुलमिल हुनका लागि बाहिर जान्छन् ।

उनको यस्तो व्यवहारमा धेरैले आपत्ति पनि जनाएका छन् । कतिले ती परेवालाई ‘उड्ने मुसा’ को संज्ञा दिएका छन् । यद्यपि मेगीले यस्ता कुराको वास्तै नगरी उनका परेवाले अन्य जनावरले झैँ माया पाउनुपर्ने बताउँछिन् ।

मेगीले आफ्ना परेवाको विलासी जीवनशैलीबारे जानकारी दिँदै भनिन्, ‘उनीहरूको आफ्नै बेडरुम छ । यहाँ उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने विभिन्न वस्तु राखिएका छन् । उनीहरूका थुप्रै खेलौना र विशेष खालका पहिरन छन् । उनीहरूले विलासी जीवन बाँचिरहेका छन् ।’

‘यी दुई परेवाका लगभग १७ सेट लुगा छन् । ती लुगाका प्रत्येक सेटलाई २५ देखि ३० पाउन्ड (४ देखि ६ हजार रुपैयाँ) पर्छ ।

‘यी लुगा लगाउँदा उनीहरू निकै राम्रा देखिन्छन् । साथै यो निकै व्यावहारिक पनि छ किनभने लुगामा तिनीहरूको विस्टा पनि सङ्कलन हुन्छ; जसका कारण घर सफा रहन्छ ।’

मेगी भन्छिन्, ‘घरकै बगैँचामा केहीबेर उड्न दिन उनीहरूको लुगामा सानो डोरी पनि बाँध्न सकिन्छ । स्काईलाई मेरो कुममा बस्न र घाम ताप्न मनपर्छ । उसले कहिल्यै उडेर जाने प्रयत्न गरेको छैन ।’

‘म उनीहरूलाई सानो ‘पिजन स्ट्रोलर’ मा राखेर घुमाउन लान्छु । यसरी लैजाँदा उनीहरूले प्राकृतिक हावा र सूर्यको किरण देख्न पाउँछन् ।’

‘हामी यिनीहरूको जन्मदिन पनि मनाउँछौँ । यिनीहरूलाई उद्धार गरेको दिनलाई सम्झेर उत्सव मनाउँछौँ । मैले यिनीहरूलाई असाध्यै धेरै उपहार दिने गरेकी छु । त्यही भएर यिनीहरू असाध्यै मात्तिएको पनि धेरैले मलाई भन्छन् ।’

परेवाप्रति आफ्नो अथाह माया रहेको कुरा उनले सन् २०१६ मा थाहा पाइन् । एक दिन बाहिर हिँडिरहेका बेला उनको कुकुर पिप्पाले एउटा गुँडतर्फ सङ्केत गर्यो ।

उनले त्यहाँ परेवाको मरेको बचेरो भेटिन् र अर्को चाहिँ जीवित नै भेटिन् । त्यसैले उनले त्यो परेवालाई आफ्नो कोटमा राखेर घर लगिन् ।

विभिन्न वन्यजन्तु उद्धार केन्द्रसँग सम्पर्क गरेपछि उनले उक्त कमजोर परेवालाई बचाउन सफल भइन् । त्यही समयदेखि नै उनले परेवाको उद्धार गर्दै आएकी छिन् ।

अहिले दुई वर्ष पुगेको स्काईलाई उनले सन् २०१९ को सेप्टेम्बरमा उद्धार गरेकी हुन् । यस्तै हाल पाँच महिना पुगेको मुसलाई यसै वर्ष मेमा घरमा ल्याइन् ।

मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.