• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ७. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. बाबुरामले छाडे प्रलोपा

  • ९. यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • १०. आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

पाँच महिनापछि लयमा फर्किंदै म्याग्दी, पर्यटकीय र धार्मिक स्थलमा बढ्यो चहलपहल


गलेश्वर, २ असोज । विगत पाँच महिनादेखि बन्द रहेका म्याग्दीका शिक्षण संस्था, पर्यटकीय र धार्मिक क्षेत्र खुलेपछि थलिएका व्यापार व्यावसाय, शिक्षण र पर्यटकीय क्षेत्र पुरानै लयमा फर्किन थालेका छन् ।

यही असोज १ गते शुक्रबारदेखि जिल्लाका शिक्षण संस्था, धार्मिक, पर्यटकीय क्षेत्र र प्राकृतिक चिकित्सालय अर्थात् तातोपानी कुण्ड खुला गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण बन्द गरिएको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड पनि हिजो शुक्रबारदेखि नै खुला गरिएको हो । शिक्षण संस्था, धार्मिक र पर्यटकीय क्षेत्र खुला गरिएपछि जिल्लामा चहलपहल ह्वातै बढेको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसीएमसी० म्याग्दीको निर्णयानुसार शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र खुला गरिएको हो । म्याग्दीमा कोरोना सङ्क्रमण दर घटेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी विद्यालय, तातोपानी कुण्ड र धार्मिक क्षेत्र खुला गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सरकारले ल्याएको कोभिड–१९ सम्बन्धी सुक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार यी क्षेत्र खुलाउने निर्णय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । डिसिसीएमसी बैठकको निर्णयानुसार म्याग्दीका सबै पालिकामा रहेका विद्यालय फेरि सञ्चालनमा आएका छन् । गएको वैशाख तेस्रो हप्तादेखि म्याग्दीका विद्यालय बन्द भएका थिए भने वैशाख २३ गतेदेखि लकडाउन गरिएको थियो । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ बिग्रिँने र अनलाइन कक्षा सञ्चालन गरिए पनि प्रभावकारी नभएपछि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनासहित विद्यालय सञ्चालन गरिएको छ ।

तातोपानी कुण्ड पनि खुल्यो

प्राकृतिक चिकित्सालयका रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा अवस्थित तातोपानी कुण्ड पनि शुक्रबारदेखि पुनःखुला गरिएको छ । कोरोना भाइरसका कारण गएको वैशाख दोस्रो हप्तादेखि बन्द गरिएको तातोपानी कुण्ड डिसिसीएमसी बैठकको निर्णयानुसार सञ्चालन गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानीका कुण्डको कूल क्षमताका आधारमा तत्कालका लागि ५० प्रतिशतलाई मात्र स्नान गर्ने गरी सञ्चालन गर्न अनुमति दिइएको प्रजिअ अधिकारीले बताउनुभयो ।

अहिले म्याग्दीभित्रका नागरिकलाई मात्रै तातोपानीका कुण्डमा प्रवेशको अनुमति दिइएको छ । कोरोनाविरुद्धको खोप लगाएको १० दिन नाघेका, ७२ घण्टाभित्रको पीसीआर तथा एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट भएका जिल्लावासीले तातोपानीका कुण्डमा पुगेर स्नान गर्न पाउने छन् । म्याग्दीमा तातोपानीका १४ वटा मुहान तथा कुण्ड रहेका छन् । यी सबै तातोपानीका कुण्ड खुला गरिएको छ । डिसिसीएमसीको अनुमति लिएर केही समयपछि जिल्ला बाहिरका बिरामी तथा सर्वसाधारणका लागि पनि कुण्डमा स्नान गर्न पाउने व्यवस्था मिलाइने तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

मठमन्दिर र देवालयमा जान थाले भक्तजन

कोरोना सङ्क्रमणको दर घट्दै जान थालेपछि म्याग्दीका मठमन्दिर, देवालय,चर्च र मस्जिदमा भक्तजन जान थालेका छन् । शुक्रबारदेखि धार्मिक क्षेत्र पनि खुला गरिएपछि दोस्रो पशुपतिनाथका नामले चिनिएको म्याग्दीको गलेश्वर धाम, पुलस्त्य पुलहाश्रम, जगन्नाथधाम, मालिका धुरीलगायत म्याग्दीका विभिन्न ठाउँमा रहेका धार्मिक क्षेत्रमा भक्तजन पुगेर दर्शन तथा पूजाआजा गरेका छन् । कोरोना सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका धार्मिक क्षेत्र पनि स्वास्थ्य मापदण्डसहित धेरै भिडभाड नहुने गरी खुला गरिएको छ । शिक्षण संस्था, धार्मिक र पर्यटकीय क्षेत्र खुला भएसँगै बजारमा पनि चहलपहल बढेको छ ।

पर्यटकीयस्थलमा पनि बढ्यो चलहपहल

जिल्लाका पर्यटकीयस्थल खुल्न थालेपछि व्यवसायी पनि उत्साहित भएका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि बन्द भएका पर्यटकीय क्षेत्र हिजो शुक्रबारदेखि खुला गरिएको हो । कोरोना सङ्क्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो ।

प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, मालिकाधुरी, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, लभ्लीहिल लगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ । सिङ्गा, भुरुङ–तातोपानी, गुर्जा, ढोरपाटन सिकार आरक्ष, गुर्जालगायतका स्थलमा भ्रमण खुलाउन सम्बद्ध पालिका र प्रशासन कार्यालयमा अनुमति मागिएको छ ।

शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

लोकप्रिय

  • १.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

भर्खरै

  • १.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • २.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ३.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ४.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ५.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ६.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ७.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

  • ८.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.