• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ


मनाङ, २ असोज । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको छ ।

मस्र्याङ्दी नदीमा आएको बाढी र पहिराले मनाङको मेरुदण्ड मानिने डुम्रे–बँेसीशहर–चामे सडकखण्ड पूर्णरुपमा क्षति पुगेको छ । बाढीपहिराले क्षति पु¥याएको तीन महिना पूरा भएपछि अहिले भने एकाध भागमा सवारीसाधन चल्न थालेका छन् । केही ठाउँमा भने सडकको निसाना नै नहुँदा नयाँ ट्रयाक बनाउने काम भइरहेको छ ।

डुम्रे–बेँसीशहर–चामे सडकखण्डअन्तर्गत लमजुङको बेँसीशहरदेखि मनाङको खोत्रोसम्म सवारी सञ्चालन भएको छ तर बीचको १५ किलोमिटर भाग पूर्णरुपमा अझै पनि अवरुद्ध छ । सदरमुकाम चामेमा सवारी सञ्चालन भएको छ भने माथिल्लो मनाङमा पनि सवारी चलेका छन् ।

तल्लो र माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित तलेखु– भ्राताङ भिरलाई फोडेर नयाँ ट्रयाक निर्माणको काम भइरहेको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिनुभयो ।

माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उहाँले बताउनुभयो । बेँसीशहर–चामे सडक खण्डको १०७ किलोमिटरमध्ये लमजुङको बेँसीशहरदेखि नासोँ गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।

त्यस्तै चामे गाउँपालिकामा स्थानीयसहितको सहयोगमा पालिकामा पूरै सवारी सञ्चालन भएको उहाँले बताउनुभयो । चाडपर्व नजिकिएसँगै सामग्री ढुवानी, आवतजावतमा सहज बनाउनका लागि सडक मर्मत तथा सम्भारलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । बाढीपहिराको जोखिममा पनि उत्पादित खाद्यवस्तु बजारसम्म पु¥याउनसमेत सहज हुनेछ । बेँसीशहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटरमध्ये धेरै स्थानमा बाढीपहिराले क्षति पु¥याएको छ ।

सामान ढुवानीमा सहज

सडक सञ्जालबाट विच्छेद भएको मनाङमा सडक बन्न थालेपछि भौतिक संरचना निर्माण छिटो हुन्छ । सडक सहज नहुँदा बाढीपहिराबाट क्षति भएका मनाङका भौतिक संरचना निर्माण हुन सकेको छैन । सडक नबन्दा सामग्री ढुवानीमा समस्या भएको छ । पूर्ण रुपमा सडक सञ्चालनमा आएपछि बाढीपहिराले क्षति पु¥याएका भौतिक संरचना निर्माण छिटो हुने बताइएको छ ।

सामग्री ल्याउन सहज भएपछि बाढीपहिराले क्षति पुगेका भौतिक संरचना निर्माणले तीव्रता पाउनेछ । दशैँसम्ममा चामेसम्म सडक सञ्चालन गराउने प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । सडक सञ्चालन गराउन सके यहाँका सामाजिक तथा व्यक्तिगत भौतिक संरचना निर्माण गर्न सहज हुने उहाँले बताउनुभयो ।

विद्युत् अभावले स्वास्थ्य सेवा प्रवाहमा समस्या

बाढीपहिराको जोखिमयुक्त हिमाली जिल्ला मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या छ । बाढीपहिराका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाट सर्वसाधारण वञ्चित हुने अवस्था छ । आधारभूत आवश्यकता पूरा गर्न टेवा पु¥याउने सौर्य उर्जाले मात्रै धान्न नसक्दा समस्या उत्पन्न भएको हो ।

बाढीपहिराले मनाङमा विद्युत् आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवा प्रत्यक्ष प्रभाव परेको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले जानकारी दिनुभयो । “विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सयहोग चलाइरहेका छौँ”, उहाँले भन्नुभयो, “जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ । हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन । यहाँका सर्वसाधारणलाई विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।”

विद्युत् आपूर्ति सहज नहुँदा सौर्य ऊर्जा र जेनेरेटरले मात्रै धान्न मुस्किल छ । जेनेरेटर चलाउनका लागि सडक सहज नहुँदा तेल अभावले समस्या निम्त्याएको छ ।

जलविद्युत् सञ्चालनका लागि हेलिकप्टरबाट सामग्री

विकट हिमाली जिल्ला मनाङमा बाढीपहिरा गएको तीन महिना पुगेको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । अवरुद्ध सडक मर्मत तथा सम्भार र निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्ण रुपमा प्रभावित छन् । लामो समयदेखि सडक सञ्जाल निर्माण नहुँदा दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेवासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरी जलविद्युत्का सामग्री ढुवानी गरिएको छ ।

तीन महिनादेखि डुम्रे–बेँसीशहर–चामे सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । सडकमार्फत् सवारीसाधन मात्रै नभई बटुवासमेत आवतजावत गर्नसक्ने अवस्थामा छैन । लघु जलविद्युत् आयोजनामा निर्भर मनाङमा अन्धकार हटाउन रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहँदै आएका युवाले सहयोग पु¥याएका छन् ।

राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिए पनि विद्युत् प्राधिकरणमा बाढीपहिराले क्षति पु¥याएको छ । बाढीपहिराले क्षति पु¥याएको जलविद्युत् मर्मत तथा सम्भारका लागि हेलिकप्टर चार्टर गरी आवश्यक सामग्री ढुवानी गरिएको हो ।

कर्मचारी काममा फर्कन समस्या

बाढीपहिराको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन् । आर्थिक वर्षको अन्तिममा काम सकाएर घर बिदा तथा काज जिल्ला बाहिर गएका कर्मचारी फर्किन सकेका छैनन् । बाढीपहिराले बेँसीशहर–चामे सडक अवरुद्ध भएपछि खाद्यान्न तथा अत्यावश्यक सामग्री लिएर आएको हेलिकप्टर फर्किँदा घर गएका कर्मचारी हालसम्म फर्किन सकेका छैनन् ।

घरबाट कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । “बाढीपहिरा र आर्थिक वर्षको अन्तिम काम सकेर घर बिदामा गएका कर्मचारी फर्किन सकेका छैनन् । सबै कर्मचारी घर बिदामा गएका पनि होइनन् । मनाङको सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नै सकस भएको छ”, उहाँले भन्नुभयो । बेसीशहर–चामे सडक खण्डको केही भागमा सडकको निसानासमेत बाढीपहिराले बगाएको छ ।

सौर्य ऊर्जाको भर

मनाङ अहिले सौर्य ऊर्जाको भरमा छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्रीमार्फत सेवा प्रवाह भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सहजताका लागि सौर्य ऊर्जा खरिद गरी पठाएको र सौर्य ऊर्जाको भरमा नै सरकारी कार्यालयहरु सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयहरुमा सौर्य उर्जा जडान गरिएको छ । सौर्य ऊर्जा जडान गरी सेवा र सूचना प्रवाहलाई प्रभावकारी बनाउन सौर्य ऊर्जा, इन्भर्टर र ब्याट्री पठाएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पठाउनुभएको थियो । प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले करिब रु १९ लाखको सामान खरिद गरी हेलिकोप्टरमार्फत् चामे पठाएको थियो ।

थोराङ्ला पासबाट खाद्यान्न ढुवानी

हिउँदमा हिमपातले समस्या हुने मनाङले यस पटक वर्षायाममा पनि सङ्कट झेलेको छ । हिउँदताका बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आवतजावत अवरुद्ध हुने जस्ता समस्या भोग्दै आएको थियो तर हिमाली जिल्ला मनाङले यसवर्ष बाढीपहिराको विपद् खेप्नुपरेको छ ।
पछिल्लो केही दिन वर्षा रोकिँदा थोरै भए पनि राहतको सास फेर्न पाए पनि कुन बेला नदीको बहाव बढेर आउने हो भन्ने चिन्ता छ । जसले गर्दा मनाङवासी त्रासैत्रासमा जीवनयापन गर्न बाध्य भएको स्थानीय बताउँछन् । प्राकृतिक विपद् सामना गर्नुपरेको यो जिल्लाले मनसुनको अझै बाँकी रहेकोले थप पीडा भोग्नुपर्ने हो की भन्ने त्रासमा मनाङवासी छन् ।

बाढीपहिराले विपद्मा परेका मनाङवासीलाई खाद्यान्न अभाव पूर्ति गर्नका लागि थोराङ्ला पास गराएर ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।

सामग्री ढुवानीमा हेलिकप्टर

लामो समयदेखि सडक सञ्जालको मर्मत तथा सम्भार र निर्माण गर्न नसक्दा सामान ढुवानीमा समस्या भएको छ । हेलिकप्टरबाट मात्रै सामग्री ल्याउन र लैजान सकिने मनाङ पु¥याउन सकिन्छ ।

मनाङमा उत्पादित वस्तु बजारसम्म पु¥याउन समस्या हुनुका साथै मर्मतसम्भारका सामग्री ढुवानीमा पनि हेलिकप्टरबाहेक अरु कुनै विकल्प छैन । सामग्रीसहित यहाँ उत्पादित वस्तु बजारमा पु¥याउन पनि हेलिकप्टरको प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।

हेलिकप्टरबाट बजारमा पु¥याएको सामग्री महँगो पर्ने र विदेशबाट आएका सामग्री सस्तो मूल्यमा पाउने देखिएको छ । यसको समाधानका लागि सडक सञ्जाल निर्माणलाई तीव्रता दिनुपर्ने भए पनि सरकारको विभिन्न निकायले ध्यान पु¥याउन सकेको छैन ।रासस

शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक
२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.