• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ४. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

न्यून जनशक्तिमा उच्च उत्पादन दिँदै एशियन कङ्क्रिटो


चितवन, २ असोज । मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै उच्च उत्पादन लिन सफल भएको हो ।

उद्योगले दैनिक एक हजार ५०० हाराहारी मजदुरले गर्नुपर्ने काम स्वचालित उपकरणको प्रयोग गरी २५ जनाले पूर्ण क्षमतामा उत्पादन गर्न सफल भएको छ । जर्मन प्रविधिको मासा कम्पनीको यस उपकरण सञ्चालनमा अपरेटरको मात्रै बढी काम हुने गरेको छ । उद्योगमा रहेका २५ जनामध्ये मेसिन अपरेटर, सवारीचालक, गुणस्तर मापन गर्ने र निर्देशन गर्ने इञ्जिनियर एवं प्रविधिकसँगै उत्पादन सामग्रीलाई व्यवस्थापन गर्ने केही मजदुर छन् ।

उद्योगका उपाध्यक्ष श्यामल झाका अनुसार उद्योगमा कच्चा पदार्थ आइसकेपछि त्यसको भण्डारण गरिन्छ । बालुवा, गिट्टी, सिमेन्ट, पानी र रङको प्रयोग गरी मोज्याक टायल, इटालगायतका ३० प्रकारका निर्माणजन्य सामग्री उद्योगले उत्पादन गर्दै आएको छ । बाहिरबाट आएको गिट्टीलाई उद्योगभित्रै आवश्यक आकारमा परिणत गरिन्छ । झाका अनुसार कच्चा पदार्थ छ ठाउँबाट स्वचालित उपकरणमा पठाइन्छ ।

लोडर चालकले सामग्री हालेपछि विभिन्न प्रशोधन प्रक्रिया हुँदै तयारी सामग्री बाहिर आउँछ । यस क्रममा गुणस्तर मापन गर्ने विज्ञ, इञ्जिनीयर, अपरेटरसहित केही मजदुरले काम गर्दनन् । कच्चा पदार्थ हालिसकेपछि स्वचालित प्रक्रियाबाट प्रशोधन हुँदै आवश्यक आकारका निर्माण सामग्री बनेर अत्याधुनिक रोबटिक प्रविधिको भट्टीमा उच्च ताप दिएर तयारी सामग्री प्याकिङ गरी बाहिर आउँदछ । उद्योगको दैनिक ६०० मेट्रिक टन निर्माण सामग्री उत्पादन गर्ने क्षमता छ । झा भन्नुहुन्छ, “हामी एक दिनमा छ मिटर चौडा बाटो १० किलोमिटर बनाउन पुग्ने गरी सामग्री उत्पादन गर्न सक्छौँ ।”

उद्योगका अध्यक्ष मनिष रुङ्गटा ठूलो जोखिम मोलेर यो प्रविधि नेपाल भित्र्याइएको बताउनुहुन्छ । भारतमा समेत दुई वटा मात्रै यस्ता उपकरण रहेको भन्दै उहाँले भन्नुभयो, “अब हामी आशावादी छौँ नेपाल गुणस्तर चिह्नसमेत पाउन सफल भयौँ ।” युरोपियन तथा भारतीय मापदण्डअनुसार उत्पादन भइरहेको आफ्नो उत्पादन देशका प्रमुख सहरमा पुगेको उहाँको भनाइ छ ।

राजधानीका तीन सहरमा लगाइएका मोज्याक अधिकांश आफ्नो कम्पनीको रहेको उहाँको भनाइ छ । सुरुमा उपकरण खरिदमा महँगो तिर्नुपरे पनि थोरै जनशक्तिबाट धेरै काम गर्न सक्दा लक्ष्यअनुसार काम गर्न पाएको रुङ्गटाले बताउनुभयो । कम्पनीका प्रबन्ध निर्देशक राजेश अग्रवालले भूकम्पपछि आफूहरूले नेपालमा यो उत्पादनको आवश्यकता महसुस गरेर जर्मन पुगेको स्मरण गराउनुभयो । “उपकरण निर्माता कम्पनीले यति महँगो स्वचालित उपकरण नेपालमा सञ्चालन गर्न कठिन छ, नलैजानु भन्यो” उहाँले भन्नुभयो, “हामीले उल्टो उत्पादक कम्पनीका सञ्चालकलाई सम्झाउनु प¥यो ।”

व्यावसायिक घरानाको समूहले रु एक अर्ब ५० करोड लगानी गरेर यो उद्योग सञ्चालनमा ल्याइएको हो । यसको उत्पादनको भार क्षमता एम ३५ देखि एम ५५ सम्मका छन् । त्यसका उत्पादनले एक सय टनसम्म धान्ने क्षमता राख्ने उहाँको भनाइ छ । यो उत्पादनको आयु ५० वर्षभन्दा बढी भएको उद्योगको दाबी छ ।

सो उद्योगको उत्पादनको चितवन र छिमेकी जिल्लाको बिक्रेता ओम सञ्जीवनी कङ्क्रिटो कन्सर्नका प्रबन्ध निर्देशक निरञ्जन न्यौपाने ठूला पूर्वाधारमा एशियन कङ्क्रिटोका उत्पादन लगाइएको बताउनुहुन्छ । सुन्दर शहर निर्माणमा यसको महत्वपूर्ण भूमिका हुने जनाउँदै उहाँले भन्नुभयो “मठ मन्दिर, पार्क, फुटपाथ, तरकारी बजार, होटल, रेष्टुराँ, पार्टीप्यालेस र निजी घरमा समेत यसको प्रयोग हुँदै आएको छ ।” विभिन्न रङ र मोडलमा पाइने हुँदा यसको प्रयोगपछि सुन्दरता देखिने उहाँको भनाइ छ ।

उद्योग स्वचालित भएकाले कुनै पनि उत्पादनमा समस्याा नआउँदा प्रयोग गरेको ठाउँबाट कुनै गुनासो सुन्न नपरेको न्यौपाने बताउनुहुन्छ । उद्योगले सामग्री उत्पादनपछि बजारमा कसरी सुन्दर र बलियो बनाउने भन्ने सीप तथा प्रविधि समेत दिंदै आएको छ । कम्पनीले हाल दुई हजार हाराहारी जनशक्तिलाई आफ्ना उत्पादन लगाउन तालिम दिइसकेको छ । कम्पनीले आवश्यक ठाउँमा उत्पादनसँगै सीप पनि प्रदान गर्ने गरेको छ ।

शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ४.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.