काठमाडौं, १ असोज । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टीको कार्यालयको उद्घाटन गरेका हुन्
उद्घाटन कार्यक्रममा उनले राष्ट्र र जनता पार्टीको गतिविधि केन्द्रमा रहने बताउदै जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि आग्रह गरेका छन्।
त्यस्तै मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।