चितवन ३० भदौ । पहिरोका कारण अबरुद्ध भएको मुग्लिङ काठमाण्डौ सडक खण्ड दुईतर्फी रुपमा सन्चालनमा आएको छ । पहिरो हटाएसंगै सडक दुईतर्फी रुपमा सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बुधवार राती २ :४५ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ नाग्दी खोलानजिक पहिरो खसि मुग्लिङ काठमाण्डौ सडक पूर्ण अबरुद्द भएको थियो । सडक सुचारु भए संगै रोकिएका सवारी साधन गन्तव्य तर्फ गुडेका छन् ।