काठमाडौं ,२८ भदौ । ‘चरी जेलैमा’ बोलको तीज गीतको चर्चासँगै गायिका बिष्णु माझीको अवस्था बारे फेरि बहस सुरु भएको छ । माझीको स्वरमा रहेको उक्त गीतको चर्चापछि उनको अवस्था बारे धेरैले चासो व्यक्त गरेका छन् ।
चौतर्फी चासोपछि राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे वुझ्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उनको अवस्थाबारे वुझेको छ ।
स्याङ्जाको चापाकोटमा रहेको विष्णुको माइतीघरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी लामो समयदेखि माइतीघर नआएको पाइएको छ । स्याङ्जाका एसपी होबिन्द्र बोगटीका अनुसार, राष्ट्रिय मानव अधिकार आयोगकले माझीको अवस्थाबारे चासो व्यक्त गरेपछि प्रहरीले सोधपुछ गरेको बताए ।
२ बर्ष अगाडि गायिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारी स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हिडडुल नगरेको बताएकी थिइन् ।