• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

एमाले सांसदको ‘टोकाइबाट’ संसद सचिवालयमा कार्यरत मर्यादा पालक गम्भिर घाइते !

तस्विर :अंगद ढकाल/इकान्तिपुर डटकम
काठमाडौं, २६ भदौ । शुक्रबार प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले रमिता देखाइदिए । संसदीय मर्यादा कायम गर्न भन्दै उनीहरुले नाराबाजी मात्रै गरेनन् कुर्सी फोड्नेदेखि माइक भाँच्नेसम्म्का अराजक गतिविधि गरे ।

सभामुख अग्नि सापकोटाले दिउँसो १ बजे बैठ बोलाएका थिए । राष्ट्रिय गान पछि बैठक सुचारु नगर्दै एमाले सांसदहरु रोष्टम घेर्न दौडिई हाले । एमालेकी सचेतक शान्ता चौधरी सबैभन्दा पहिले दौडिएर रोष्टम घेर्न पुगेकी थिइन् ।

महेश बस्नेत, निरु पाल लगायत पूर्व युवा संघका नेताहरुले नाराबाजी मात्रै गरेनन् सांसद पदम गिरी लगायतहरु मर्यादा पालकमाथि नै चढ्ने कोशिस गर्थे । सभामुख अग्नि सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई सभामुखले पनि कारबाही गर्नुपर्ने माग राख्नै एमालेले संसद अवरुद्ध गर्दै आएको हो । शुक्रबार पनि उनीहरुले सोही विषयमा चर्को नाराबाजी गरेका थिए ।

एमाले सांसदहरुले शुक्रबारको बैठकमा सभामुखलाई औँला ठडाउँदै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, विधिको शासन लागु गर, कानुनी सर्वोच्चको लागु गर जस्ता नारा लगाएका थिए । तर, सांसदमाथिको कारबाही सर्वोच्च अदालतमा विचाराधिन छ ।

उक्त मुद्दा बारे संसदमा छलफल समेत गर्न नपाईको कानुनी व्यवस्था छ । यद्धपी एमाले सांसदहरुले कानुनी मर्यादा पालना गर्न भन्दै संसद अवरुद्ध गरिरहेका छन् ।

शुक्रबारको संसदमा भने अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्थापन विधयक मार्फत बजेट समेत ल्याए । विधयक लिएर संसद जान लागेका शर्मालाई रोक्ने कोशिस गरेपछि उनी दौडिएरै रोष्टममा पुगेका थिए । यता एमाले सांसदहरु भने ६ तहको मर्यादा पालकमाथि चढ्नेदेखि माइक भाँच्ने सम्म गर्न पुगे । सांसदहरुले केही मर्यादा पालकको हातमा टोकेको समेत पाइएको छ । एमाले सांसदको टोकाईबाट एक जना मर्यादा पालक गम्भिर घाइते भएको प्रहरी विशेष सुरक्षा स्रोतले जनाएको छ ।

‘नाराबाजी भइरहेका बेला एक जना सांसदले हाम्रा एक मर्यादापालकको हातमा टोकेको समेत पाइयो । उहाँको टोकाइबाट एकजना साथी गम्भिर घाइते हुनु भएको छ । उहाँलाई सामान्य औषधी लगाइको छ,’ प्रहरी स्रोतले भन्यो ।

उनको भनाई पुष्टि गर्ने तस्विर समेत फेला परेको छ । कान्तिपुर दैनिकका लागि अंगद ढकाले कैद गरेको तस्विरमा एमाले सांसदले मर्यादा पालकलाई टोकेको स्पष्ट देख्न सकिन्छ ।

शुक्रबारको संसद बैठकमा एमाले सांसद रेखा कुमारी झाले गृहमन्त्रीको माइक झिकेर अर्थमन्त्रीको टाउको फुटाउने कोशिस समेत गरेकी थिइन् ।

दियो पोस्ट

शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.