• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ९. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

चितवनमा एक युवकको रहस्यमय मृत्यु, साथीहरुले नै हत्या गरेको आफन्तको दावी

चितवन, १३ भदौ चितवनमा एक युवकको रहस्यमय मृत्यु भएको छ । पूर्वीचितवनको रत्ननगर नगरपालिका–१४, पारिजात चोक बस्ने १८ वर्षीय अंकुर अधिकारीको भदौ ९ गते रहस्यमय ढंगले मृत्यु भएको हो । जन्मदिन मनाउन भन्दै साथीहरुले नै अंकुरलाई मोटरसाइकलमा राखेर लगेका थिए ।

images
images
images
९ जनाको समूहका रहेका उनीहरु राप्ती नगरपालिका–४ स्थित मार्ताल खोलामा पौडी खेल्न पुगेका थिए । बेलुकासम्म छोरो नफर्किएपछि आफन्तहरुले रातिदेखि नै खोजी गरेका थिए । अन्ततः अंकुरको शव घटनास्थल भन्दा २ किलोमिटर पर खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा कसैले मारेर फालेको देखिने पीडित परिवारले जनाएको छ ।

मृतकका मामा ललित तामाङले भाञ्जासंगै गएका साथीहरुले नै हत्या गरेर फालेको आरोप लगाए । तामाङले भने–‘शव हेर्दा टाउँमा २/३ ठाउँमा पिटेर घाउ बनाएको जस्तो, घाटी भन्दा माथि मात्रै चोटपटक देखिन्छ, शरीरको अन्य भागमा केही छैन ।’ उनले साथीहरुले नै टाउकोमा पिटेर मरेपछि खोलामा फालेको हुन सक्ने भन्दै निश्पक्ष छानविनको माग गरे ।

उनका अनुसार अंकुरसंगै गएका साथीहरुले खोलामा डुबेर मृत्यु भएको दावी गरेका छन् । ‘अंकुरलाई पौडी खेल्न नआएपछि खोला छेउमै बसेको तर कुन समयमा उनी बेपत्ता भए भन्ने बारे कसैलाई थाहा नभएको बयान दिएछन्’ तामाङले भने ‘करिव ६० जना भन्दा बढी खोलामा पौडी खेलीरहेको ठाउँमा एउटा व्यक्ति डुब्नै लाग्दा कसैले थाहा नपाउनु भन्नु नै घटना रहस्यमय छ ।’

टाउकोमा गम्भिर प्रकृतिको चोट देखिनु तर शरीरको अन्य भागमा सामान्य अवस्था देखिनुले थप रहस्य देखिएको उनको भनाई छ । साथीहरुका अनुसार अंकुरम पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । तर डुबेर मृत्यु हुने व्यक्तिहरुमा पेटभित्र पानी देखिने र बगेर मृत्यु हुने मानिसको शरीरमा अन्य चोटपटक देखिने अवस्थामा अंकुरमा त्यो अवस्था नदेखिएकोले शंकास्पद देखिन्छ ।

घटनापछि चितवन प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अंकुरसंगै गएका साथीहरुलाई बोलाएर सोधुपछ गरेको छ । घटना रहस्यमय भएकाले अनुसन्धान प्रक्रियालाई अगाडि बढाउँदै लगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए ।

‘संगै गएका साथीहरुलाई सोधुपछ गरेका छौं, घटनाको अनुसन्धान जारी छ’ डिएसपी अधिकारीले भने । उनले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले अनुसन्धान पश्चात घटना विवरण सार्वजनिक गरिने बताए । भदौ १० गते शव भेटिएपछि भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।

सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.