• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

भरतपुर महानगरले दियो पाँच विद्यालयलाई स्कुल बस

भरतपुर महानगरले महानगरभित्रका पाँचवटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।

सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्यका साथ महानगरले नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई स्कुल बस हस्तान्तरण गरेको हो ।

महानगरले बुधबार एक समारोहका बीच मेयर रेनु दाहालले सम्बन्धित विद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरुलाई बसको चाबी हस्तान्तरण गरी बस प्रदान गरेकी हुन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाका अनुसार रुट प्रमिट र इन्स्योरेन्ससहित प्रतिबसको लागत १९ लाख ९८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले विद्यालयलाई बस प्रदान गरेको उनले बताए । चालु आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

महानगरले यसअघि विद्यार्थीका लागि साइकल हस्तान्तरण गरेको थियो भने विद्यालयको भौतिक संरचना सुधारदेखि शैक्षिक सुधारका धेरै राम्रा कार्यक्रमहरु गरिसकेको खतिवडाले बताए ।

महानगरको शिक्षाको स्तर सुधार गरी सामुदायिक विद्यालयलाई अभिभावक र विद्यार्थीको प्रमुख रोजाइको केन्द्रका रूपमा विकास गर्न महानगरले शिक्षा विकासको कार्यक्रमअन्तर्गत यसपटक पाँच विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको मेयर रेनु दाहालले बताइन् । यही स्थितिमा सरकारी विद्यालयको शैक्षिक विकास हुँदै गए आगामी चार वर्षमा निजी स्कुल छाडेर सरकारी विद्यालयमा भर्ना हुने लर्को लाग्ने उनले दाबी गरिन् । विद्यालयलाई प्रदान गरिएको स्कुल बसको सही प्रयोग गर्न पनि उनले आग्रह गरिन् ।

भरतपुरको नारायणी नमुना माविले चितवनकै इज्जत राखेको भन्दै दाहालले सबै विद्यालयको शैक्षिक विकासको स्तर त्यही अनुपातमा पु¥याउन चाहेको बताइन् ।

भरतपुर महानगरलाई शैक्षिक सहरका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बतााउँदै उनले महानगरभित्र त्रिभुवन विश्वविद्यालयअन्र्तगत आंगिक इन्जिनियरिङ कलेज, प्रहरी स्कुल, भरतपुर बहुप्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुल्ला विश्वविद्यालय पनि यहीँ ल्याउन पहल गरिरहेको बताइन् ।

भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको शैक्षिक विकाससँगै विद्यार्थी र अभिभावकमा थप ऊर्जा दिलाउन बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको बताए ।

किशोरीहरुलाई साइकल, लोपोन्मुख र सीमान्तकृत समुदायका बालबालिकाका लागि छात्रवृत्ति, द्वन्द्व प्रभावित बालबालिकाका लागि शैक्षिक सहयोग, अपागङ्ता भएका बालबालिकाका लागि शैक्षिक सिकाइलगायत थुप्रै सेवा सुविधाहरु महानगरका तर्फबाट प्रदान गरिएको उनले बताए । शैक्षिक विकासमा महानगरले गरेको प्रयासको प्रतिफलस्वरुप सामुदायिक विद्यालयमा पाँच हजार ६०० जना विद्यार्थी थप भएको बताए । संख्यात्मक नभई गुणस्तरमा पनि सुधार गर्ने आफूहरुको अपेक्षा रहेको उनको भनाइ छ ।

कार्यक्रममा नारायणी नमुना माविका प्राचार्य पूर्णप्रसाद दवाडीले महानगरका मेयर दाहाल र उनको टिमको सही योजना र कार्यक्रमका कारण महानगरका सरकारी विद्यालयको शिक्षाको स्तर विकासमा सहयोग भएको बताए । जसका कारण विद्यालयको शैक्षिक स्तर विकासदेखि सरकारी विद्यालयलाई प्रतिस्पर्धी बनाउन र विद्यार्थीको आकर्षण बढाउन सहयोग पुग्ने उनले बताए ।

  • bharatpur mahanagar
  • bharatpur news
  • renu dhal
शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.