• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • २. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ३. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ४. नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ५. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ६. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ७. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ८. आहा ! ढोरपाटन

  • ९. पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

  • १०. देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

भरतपुर महानगरले दियो पाँच विद्यालयलाई स्कुल बस


भरतपुर महानगरले महानगरभित्रका पाँचवटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।

सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्यका साथ महानगरले नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई स्कुल बस हस्तान्तरण गरेको हो ।

महानगरले बुधबार एक समारोहका बीच मेयर रेनु दाहालले सम्बन्धित विद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरुलाई बसको चाबी हस्तान्तरण गरी बस प्रदान गरेकी हुन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाका अनुसार रुट प्रमिट र इन्स्योरेन्ससहित प्रतिबसको लागत १९ लाख ९८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले विद्यालयलाई बस प्रदान गरेको उनले बताए । चालु आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

महानगरले यसअघि विद्यार्थीका लागि साइकल हस्तान्तरण गरेको थियो भने विद्यालयको भौतिक संरचना सुधारदेखि शैक्षिक सुधारका धेरै राम्रा कार्यक्रमहरु गरिसकेको खतिवडाले बताए ।

महानगरको शिक्षाको स्तर सुधार गरी सामुदायिक विद्यालयलाई अभिभावक र विद्यार्थीको प्रमुख रोजाइको केन्द्रका रूपमा विकास गर्न महानगरले शिक्षा विकासको कार्यक्रमअन्तर्गत यसपटक पाँच विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको मेयर रेनु दाहालले बताइन् । यही स्थितिमा सरकारी विद्यालयको शैक्षिक विकास हुँदै गए आगामी चार वर्षमा निजी स्कुल छाडेर सरकारी विद्यालयमा भर्ना हुने लर्को लाग्ने उनले दाबी गरिन् । विद्यालयलाई प्रदान गरिएको स्कुल बसको सही प्रयोग गर्न पनि उनले आग्रह गरिन् ।

भरतपुरको नारायणी नमुना माविले चितवनकै इज्जत राखेको भन्दै दाहालले सबै विद्यालयको शैक्षिक विकासको स्तर त्यही अनुपातमा पु¥याउन चाहेको बताइन् ।

भरतपुर महानगरलाई शैक्षिक सहरका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बतााउँदै उनले महानगरभित्र त्रिभुवन विश्वविद्यालयअन्र्तगत आंगिक इन्जिनियरिङ कलेज, प्रहरी स्कुल, भरतपुर बहुप्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुल्ला विश्वविद्यालय पनि यहीँ ल्याउन पहल गरिरहेको बताइन् ।

भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको शैक्षिक विकाससँगै विद्यार्थी र अभिभावकमा थप ऊर्जा दिलाउन बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको बताए ।

किशोरीहरुलाई साइकल, लोपोन्मुख र सीमान्तकृत समुदायका बालबालिकाका लागि छात्रवृत्ति, द्वन्द्व प्रभावित बालबालिकाका लागि शैक्षिक सहयोग, अपागङ्ता भएका बालबालिकाका लागि शैक्षिक सिकाइलगायत थुप्रै सेवा सुविधाहरु महानगरका तर्फबाट प्रदान गरिएको उनले बताए । शैक्षिक विकासमा महानगरले गरेको प्रयासको प्रतिफलस्वरुप सामुदायिक विद्यालयमा पाँच हजार ६०० जना विद्यार्थी थप भएको बताए । संख्यात्मक नभई गुणस्तरमा पनि सुधार गर्ने आफूहरुको अपेक्षा रहेको उनको भनाइ छ ।

कार्यक्रममा नारायणी नमुना माविका प्राचार्य पूर्णप्रसाद दवाडीले महानगरका मेयर दाहाल र उनको टिमको सही योजना र कार्यक्रमका कारण महानगरका सरकारी विद्यालयको शिक्षाको स्तर विकासमा सहयोग भएको बताए । जसका कारण विद्यालयको शैक्षिक स्तर विकासदेखि सरकारी विद्यालयलाई प्रतिस्पर्धी बनाउन र विद्यार्थीको आकर्षण बढाउन सहयोग पुग्ने उनले बताए ।

  • bharatpur mahanagar
  • bharatpur news
  • renu dhal
शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • २.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ३.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ४.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ५.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ६.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

  • २.
    बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

  • ३.
    पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

  • ४.
    आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • ६.
    आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ७.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ८.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.