नेपाल तरुण दल चितवनका प्रवक्ता हेमन्त बास्तोला ( विश्व) यतिखेर कोरोनाको जोखिम मोल्दै चितवन जिल्लाका विभिन्न ग्रामीण भेगमा बसोवास गर्ने आर्थिक अवस्था अत्यान्त न्युन भएका साझ विहान को गर्जो टार्न नसक्ने गरिव , अपाङ्ग , एकल महिला , रोगि मानिस हरुको पहिचान गर्दै आफ्नै पहलमा राहत लिएर हिडेका छन ।
उनले चितवनका अति गरिविको चपेटामा परेका चेपाङ , सिमान्त कृत वर्गलाइ घण्टौ को यात्रा गरेर राहत लिएर पुगेका छन ।
मनमाया चेपाङ भन्छिन ” चामल को गेडो थिएन मकै लगाएको पनि वादर ले र जगलि जनावर खाइदियो श्रीमान् रोगि हुनुहुन्छ तिन वटा छोरि र एउटा छ महिनाको दुधे बालक छ ।
काम खोज्न कहाँ जाउ ” मनमाया चेपाङ त एक प्रतिनिधि पात्र मात्र हुन यस्ता कैयौँ घरधुरिको समस्या उस्तै छ ।
युवा समाजसेवि एवम् तरुण नेता हेमन्त वास्तोला लाइ यति बेला विभिन्न ठाउँ देखि फोनहरु आउछन र उनि रासन जोहो गरेर केहि युवा साथिहरु लिएर भोका र असाहाय लाइ सेवा गर्न अहोरात्र खटिएका छन ।