• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा, के-के सञ्चालन गर्ने, पाउने के-के नपाउने ? (पूर्ण आदेशसहित)


चितवनमा जारी निषेधाज्ञा असार ३ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा चौथो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :

नयाँ भेरियन्ट सहितको कोभिङ -१ ९को संक्रमणको जोखिम यस जिल्लामा अझै सम्म पनि उच्च रहेको हुंदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय , कोभिङ १ ९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , २०७८ को दफा ( ४ ) , संक्रामक रोग ऐन २०२० को दफा ( २ ) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ( ६ ) को उपदफा ( ३ ) ले दिएको अधिकार प्रयोग गरी मिति २०७४।०१।१५ गते जारी गरिएको आदेशलाई तपशिल बमोजिम हुने गरी मिति २०७८1०२।२७ गते राती १२:०० बजे देखि मिति २०७४।०३।०३ गते राती १२:०० बजे सम्म चितवन जिल्लाभर लागू हुने गरी निरन्तरता दिइएको व्यहोरा अनुरोध छ ।

क ) संचालन गर्न नपाइने सेवा तथा कार्यहरु :

१. अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर हिडडुल गर्न नपाइने । तर अत्यावश्यक काम परी घर बाहिर निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने , भौतिक दुरी कायम गर्ने तथा तोकिएका जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्नेछ ।

२. सबै प्रकारका सभा , सम्मेलन , गोष्ठी , तालिम , सेमिनार , जावा , महोत्सव सञ्चालन ।

३. सिनेमा , पार्टी प्यालेस , डिपार्टमेन्टल स्टोर्स , हेल्थ क्लब , दोहोरी रेष्टुरेन्ट , फनपार्क , फुटसल , पुस्तकालय , संग्रहालय , फिटनेस सेन्टर , जिमखाना , स्पा , स्वीमिङ्गपुल , ब्युटीपार्लर , सैलुन , टेलरिङ्ग , जस्ता कार्य सचालन ।

४. होटल तथा रेष्टुरेन्टबाट टेक अवे सेवा बाहेक अन्य सेवा सञ्चालन ।

५. फुटपाथ वा खुल्ला ठाउँमा सञ्चालन हुने व्यापाराव्यवसाय तथा कबाडी संकलन ।

६. विश्व विद्यालय , क्याम्पस , विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठन / पाठन तथा परीक्षा लगायतका शैक्षिक गतिविधिहरू ।

७.विवाह , व्रतबन्ध लगायत अन्य संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा संचालन गर्न नपाइने । तर घरमा संचालन गर्ने यस प्रकारका कार्यक्रममा बढीमा १५ जनामा नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गरी गर्ने ।

८. मृत्यु संस्कारमा २५ जना भन्दा बढी व्यक्ति सहभागी हुन नपाइने ।

९ . लामो तथा छोटो दुरीका सार्वजनिक एवं निजी सवारी साधन संचालन गर्न नपाइने ।

१०.मठ , मन्दिर , मस्जिद , गुम्वा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पुजा बाहेक अन्य जमघट गर्न नपाइने ।

११.चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक बनमा हुने सबै प्रकारका जंगल सफारी तथा नारायणी र राप्ति नदिमा हुने जलयात्रा सञ्चालन गर्न नपाइने ।

ख ) संचालन गर्न पाइने सेवा तथा कार्यहरु :

१. औषधि , अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल सञ्चालन गर्न पाइने छ ।

२. अत्यावश्यक सेवाप्रवाह गर्ने कार्यालयले न्यूनतम कर्मचारी खटाई आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने । सो बाहेकका अन्य कार्यालयले आलोपालो प्रणालीबाट न्यूनतम कर्मचारी खटाई कार्यालयको आन्तरिक तथा प्रशासनिक कार्य गर्ने । घरबाटै गर्न सकिने कामको हकमा Work From Home को व्यवस्था गर्ने ।

३. दूरसंचार , इन्टरनेट , विद्युत , फोहोरमैला व्यवस्थापन , खानेपानी आपूर्ति सम्बन्धी सेवा तथा पेट्रोल पम्प जस्ता अत्यावश्यक सेवा दैनिक सञ्चालन गर्न पाइनेछ ।

४. खाद्यान्न , तरकारी , फलफूल , दुध डेरी माछा / मासु , अण्डा , चल्ला , दाना , एग्रोभेट , खाना पकाउने ग्याँस , निर्माण सामग्री सम्बन्धी पसल दैनिक बिहान ६:०० बजे देखि विहान १०:०० बजे सम्म मात्र सञ्चालन गर्न पाइने । दुध डेरीको हकमा बेलुकी ५:०० बजे देखि बेलुकी ७:०० सम्म समेत सञ्चालन गर्न पाइने छ ।

५. जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने सुनिश्चितता गरी पाठ्यपुस्तक विकी वितरण गर्ने पसल सञ्चालन गर्न पाइने छ ।

६. रासयनिक मल तथा कृषि विउ विजन विक्री वितरण गर्ने पसल दैनिक सञ्चालन गर्न पाइने छ ।

७. अत्यावश्यक सेवा प्रयोजनका लागि बैक , वित्तीय संस्था तथा सहकारी संस्थाबाट हुने बैंकिङ सेवाको हकमा न्यूनतम कर्मचारी खटाई तोकिएका जनस्वास्थ्यका मापदण्डको अनिवार्य रुपमा पालना गरी / गराई बैंकिङ सेवा संचालन गर्ने । बैंक तथा वित्तीय संस्थाका ATM बुथहरू २४ सै घण्टा सञ्चालन गर्नु पर्ने छ ।

८. उद्योग / कलकारखानाको हकमा कर्मचारी तथा कामदारलाई कार्यस्थलमै खाने / बस्ने व्यवस्था गरी सञ्चालन गर्ने । सो संभव नभएमा उद्योगको सवारी साधनले नै घर सम्म लाने / ल्याउने व्यवस्था गर्ने तथा नेपाल सरकारले तोकेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डको अनिवार्य पालना सुनिश्चितता गरेर मात्र सञ्चालन गर्ने ।

९ . बढिमा ३ जना सम्म कामदार रहने गरी सवारी साधनको मर्मत गर्ने बर्कशप सञ्चालन गर्न पाइने छ ।

१०.सडक , नदि नियन्त्रण , सिंचाई , खानेपानी , दुरसञ्चार , विद्युत , सहरी विकास लगायतका विकास आयोजनाहरू सञ्चालन गर्दा अनिवार्य रूपमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्नु / गराउनु पर्नेछ ।

ग ) संचालन गर्न पाइने सवारी साधनहरु :

१. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स ( विरामी बाहेक २ जना कुरुवा समेत ) , शववाहन , दमकल , सुरक्षा निकाय , स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारी साधन , अक्सिजन तथा स्वास्थ्य सामाग्री ढुवानीका साधन र पेट्रोलियम पदार्थ ढुवानीका साधन ।

२. खाद्यान्न , तरकारी , फलफूल , दुग्ध पदार्थ , खानेपानी आपूर्ति , फोहोरमैला व्यवस्थापन , विद्युत , पशुपन्छिजन्य सामग्री , दाना , माछा / मासु , अण्डा , कृषि उपज , विउ विजन , रासयनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन ।

३ , दूरसंचार , इन्टरनेट , आइसोलेसन , सरसफाइमा प्रयोग गरिने सावुनास्यानिटाइजर , कुरियर तथा डाँक सेवा ।

४. कुटनीतिक नियोगका सवारी साधन , बैकको ATM संचालनमा प्रयोग हुने सवारी साधन र अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधन ।

५. समाचार संकलन / संप्रेषणका लागि परिचयपत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पत्रपत्रिका वितरणका लागि प्रयोग भएका सवारी सधान ।

६. अन्तर्राष्टिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट , पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन ।

७. राजमार्ग भई अन्य जिल्लामा जाने मालवाहक सवारी साधन , निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन र खाली फिर्ता हुने सवारी साधन । तर जिल्ला भित्र निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनको हकमा बिहान ६.०० बजे देखि दिउसो २.०० बजेसम्म मात्र सचालन गर्न पाइने छ ।

८. पुस्तक पसलबाट विद्यालय सम्म पुर्याउने पाठयपुस्तक बोक्ने सवारी साधन ।

घ ) साथै उपर्युक्त आदेशको पालना तथा कार्यान्वयनमा यस अघि झै आवश्यक सहयोग , समन्वय तथा सहजिकरण हुन सम्बद्ध सबै सरोकारवाला र आम चितवनवासी दिदीबहिनी तथा दाजुभाई समक्ष हार्दिक अनुरोध छ ।

ङ ) उल्लिखित आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे / गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भर्खरै

  • १.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.