• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

कसैबाट १ रुपै सहयोग नलिइ : संक्रमितको घरघरमा पुगेर सेवा गर्ने बाग्लुङकी ‘साहसी चेली’ नितु !


सं’कटको घडीमा मानव जातिको परीक्षा हुन्छ । भनिन्छ यु”द्धको बेलामा भाग्ने सिपाहीको कुनै काम हुँदैन । सिपाहीको पनि युद्ध’मा मात्रै परीक्षा हुन्छ । नर्सिङ पढाइ प‘रा गरेकी बाग्लुङकी २८ वर्षीया नितु खड्का यतिखेर आफ्नो पेशागत क्षमताको परीक्षामा ख’रो उत्रिएकी छन् ।

कोरोना भाइरस फैलिनुअघि उनी स्वास्थ्य सुविधाको प्रत्यक्ष पहुँचबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका बासिन्दाको सेवा गर्दै परोपकारी काम गर्दै आएकी थिइन् । कोरोना गाउँगाउँसम्म पुगेपछि अब उनी भाइरससँगको ल’डा’इँमा प्रत्यक्ष हो’मि’एकी छन् । प्रशंसा नै गर्नुपर्ने गरी नितुले खास के गरिरहेकी छन् ? मुख्य प्रश्न यो हो । उनले कोरोनाको भयावह संकटमा कसैबाट १ रुपैयाँ पनि आर्थिक सहयोग नलिइकन आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर ‘होम आइसोलेसन’मा बसेका कोरोना संक्रमितलाई स्वस्फ‘र्त सेवा दिइरहेकी छन्, हेरचाह गरिरहेकी छन् ।

आफैंले किनेको पीपीई लगाएर उनी हरेक दिन संक्रमितका ‘भाइटल साइन’ चेकजाँच गर्ने, ब्लड प्रेसर, अक्सिजन लेबल हेर्ने जस्ता काम गर्दै आइरहेकी छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा उनले संक्रमितको मनोबल उच्च बनाउन सकारात्मक परामर्श दिँदै आएकी छन् । ‘एक जना ६० वर्षीय बुवाको बीपी (रक्तचाप) एकदम नराम्रो चरणमा थियो । मैले उहाँसँग ३० मिनेट कुराकानी गरे, त्यहीँबाट डाक्टरलाई पनि फोन गरेर सल्लाह दिएँ, बिस्तारै सबै नर्मल भयो,’ उनले भनिन्, ‘यस्तो बेला बिरामीलाई हौसला दिने मानिसको आवश्यकता हुन्छ, परिवारका सदस्यबाट समेत अलग्गै बस्नुपर्दा मानसिक तनाव हुनै नै भयो । पीपीई लगाएको मान्छे देख्ने बित्तिकै बिरामीको अनुहार उज्यालो हुन्छ ।’

किन घरघरमै पुगेर जोखिम मोलेको ? उनी भन्छिन्, ‘अहिले अस्पतालहरू भरिभराउ छन्, कोराना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । यस्तो परिस्थितिमा स्वास्थ्यकर्मीहरू एकप्रकारको युद्धमा सामेल भएका छन्, भाइरससँगको लडाइँमा निरन्तर लागेका छन् । मैले केवल सहयोग गरिरहेकी छु, यो मेरो खुशीको लागि हो, मेरो आत्मसन्तुष्टि हो ।’

आफ‘ पनि संक्रमित हुन्छु कि भन्ने डर लाग्ने गरे पनि सुरक्षित भएर सेवा दिइरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘प्राणी चोला एकदिन मर्ने नै हो तर अरुलाई बचाउँदै गर्दा मर्नुको महत्त्व अर्कै छ । मेरो काम हेर्दा सामान्य देखिनसक्छ तर मेरो लागि यो महत्त्वप‘र्ण छ । कसैले यसो गर भनेको सिकाएर, फकाएर गरेको पनि होइन, नाम कमाउन पनि होइन ।’

छिमेकी देश भारतमा तनावका कारण केही डाक्टरले आत्महत्या गरिसकेको सन्दर्भमा नेपालका स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्यलाई लिएर उनी चिन्तित छन् । नेपालमा डाक्टरहरूले ‘हामीलाई गाह्रो छ, अब बिरामी थेग्न सकिँदैन, अवस्था भयावह छ, कोरोनालाई सामान्य नलिइदिनुहोस् प्लिज’ भन्दै हात जोडेर घरभित्र बस्नुहोस् भनेर अनुरोध गरिरहेका छन् । नितुको अनुरोध पनि यही नै छ ।

जनताले प्रभावकारी ढंगले लकडाउनको पालना गरिरहेका छैनन् । कोरोना भाइरसलाई खेलाँची ठानिरहेका कैयौं दृश्यहरू देखिँदै आएका छन् । खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै यस्तो संकटप‘र्ण अवस्थामा पनि मानिसहरूले बाजा बजाएर जन्ती लगेरै बिहे गरिरहेका छन्, भोजभतेर चलाइरहेका छन् ।

राजनीतिक गतिविधि निरन्तर चलिरहेकै छ । कोरोनाको पहिलो लहरताका जात्रा पनि रोकिएन, चाडपर्व पनि रोकिएन । नितुको गुनासो छ, ‘जनताहरू आफैं सचेत हुनुपर्‍यो, महामारी अमेरिकाले पनि सजिलै थेग्न सकेन । भारतको के हाल छ ?’ कोरोना संक्रमित भइसकेका हजारौं व्यक्ति यतिखेर घरघरमै आइसोलेसनमा बसेका छन् । अस्पतालमा रहेका संक्रमितलाई हेर्न स्वास्थ्यकर्मी अपुग भइरहेको समयमा घरघरमा गएर हेर्ने कुराको कल्पना पनि गरिँदैन ।

तर घरघरमा बसेका संक्रमितहरू अन्तिम समयमा अस्पताल पुग्दा निधन भएका कैयौं उदाहरण पनि छन् । घरघरमा रहेका संक्रमितलाई कुनै जोखिम नहोस् भनेर स्वस्फ‘र्त सहयोग गरिरहेकी छन् नितु खड्का । उनलाई कैयौं संक्रमितले ‘साहसी चेली’ भनेर आशीर्वाद पनि दिने गरेका छन् । पछिल्लो समय उनी कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिरहेकाहरूका लागि भगवान् नै बनेकी छन् । नितुको मोबाइलमा जब फोनको घण्टी बज्छ, उनी हतारहतार रक्तचाप (ब्लड प्रेसर) नाप्ने यन्त्र, अक्सिजन नाप्ने यन्त्र र केही औषधि बोकेर दौडिन्छिन् ।

मृत्युको मुखमा पुगेका संक्रमितको ‘अक्सिजन लेभल’ कसरी माथि पुर्‍याउने भनेर उनी हरदम चिन्तित हुन्छिन् । उनले केही दिनअघि आफ्नो सामाजिक सञ्जाल फेसब‘कमार्फत होम आइसोलेसनमा बसेका व्यक्तिलाई स्वास्थ्य समस्या देखापरे आफ‘लाई बोलाउन स‘चना दिएकी छन् । ‘अहिले घरमा बसेका प्रायः संक्रमितलाई ब्लड प्रेसर, अक्सिजन मेन्टन नहुने, एन्जाइटी, सुगर जस्तै कैयौं समस्या छन् । नियमित चेकजाँच गर्न उनीहरू अस्पताल पुग्न सक्दैनन्,’ नितु भन्छिन्, ‘प्राथमिक रूपमा खतराका संकेतहरू पत्ता लाग्यो भने डाक्टरलाई फोन गरेर जानकारी गराउने, सल्लाह सुझावअनुसार औषधि दिने, मनोबल उच्च राखिदिने काम गरेको छु ।’

‘संक्रमितको घरकै अन्य सदस्यहरू स्वास्थ्यकर्मी छन् भने त ठिकै छ, छैनन् भने उनीहरू कालकोठरीमा बसे जस्तै हो । अझ उमेर पुगेका बाबाआमाहरूका लागि त सेकेण्डसेकेण्डमा उनीहरूको स्वास्थ्य अवस्थाको ध्यान दिन जरुरी छ,’ नितु थप्छिन्, ‘मेरो पहिलो काम संक्रमितहरूलाई साइकोलोजिकल सपोर्ट हो । बाग्लुङ नगरपालिकाभरी मैलै घरघरमा पुगेर संक्रमितहरूलाई मनोबल दिने गरेको छु । पीपीई लगाएको मान्छे देख्दा उनीलाई डाक्टर आयो अब मलाई केही हुँदैन भन्ने फील भएको पाएको छु ।’

बाग्लुङ नगरपालिकाभित्र होम केयर गरिरहेकी नितु राज्यले संक्रमित संख्याको डाटा लुकाउने गरेको आरोप लगाउँछिन् । उनलाई वडा कार्यालयहरूले डाटा दिन आनाकानी गरिरहेका छन् । कैयौं साथीभाइ र आफन्तहरूले त यस्तो जोखिमको बेला के काल खोज्न त्यसरी हिँडेको, सरकारको काम हो, थुपुक्क घर मै सुत समेत भनेका छन् । तर नितु भन्छिन्– ‘यस्तै स्वास्थ्य संकटको बेलामा काम गर्न मैले नर्सिङ पढेको हो, यो मेरा लागि अवसर हो । मैले मानव सेवाका लागि आफूलाई समर्पित गरेको हो । कोरोना नियन्त्रणका क्रममा संसारमा धेरै डाक्टर नर्सहरू मरिसके । भोलि म पनि मर्न सक्छु, यो कुनै ठूलो कुरा रहेन ।’

‘नर्मल्ली प्रेसर र सुगर भएका बिरामीहरू हल्का खोकी लाग्दा पनि आत्तिने, डराउने हुन्छ । यस्तो परिस्थितिमा उनीहरूलाई केयर गर्ने कोही न केही त हुनुपर्‍यो । अहिले सबैको ध्यान अस्पतालमा छ । तर हामीले घरमा आइसोलेसनमा बसेका संक्रमितहरूलाई ध्यान दिन सक्यौँ भने रिकभर हुने संख्या पनि घरबाटै धेरै हुन्छ, तिनीहरू अस्पताल जानै पर्दैन,’ नितु थप्छिन्, ‘धेरैलाई आत्तिएर पनि श्वासप्रश्वासमा समस्या देखिएको हो ।’

कोरोनाभाइरस चाँडै नियन्त्रण हुने र स्थिति सामान्य बन्ने कुरामा नितु ढुक्क छिन् । सबै स्वास्थ्यकर्मीहरूलाई आफू सचेत रहेर मानव सेवा गर्न उनको अनुरोध छ । केही दिनअगाडि सुदूरपश्चिममा एक स्वास्थ्यकर्मीको निधन भएको थियो । नितुलाई यस्ता समाचारले पीडा दिने गर्छ । भन्छिन्, ‘राज्यले स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा पनि ध्यान दिनुपर्‍यो । उपकरणहरू र नयाँ टेक्नोलोजीहरू ल्याउनुपर्‍यो । राम्रो र सेवा सुविधा दिने सहुलियत शुल्कका अस्पतालहरू खोल्नुपर्‍यो । ‘राज्यको नजरमा सधैँ पेलिँदै आएका स्वास्थ्यकर्मीहरूको महत्त्व जनताले पनि यतिबेला बुझिदिनुपर्ने उनको धारणा छ । दिलनिशानी मगर लोकान्तर

बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.