• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

कोटेश्वरमा गेस्ट हाउसको ब्यानरमा यौनधन्दा

सिन्धुली घर भएकी १६ वर्षीया किशोरीलाई बिमला बिक ‘प्रिया’ले सामाजिक संजाल फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइन् ।

कास्की जिल्लाको पुम्दिभुम्दी–४ घर भई पोखरा महानगरपालिका–२५ ठुलुमुढी बस्ने प्रियाले फेसबुकमा कुरा गरेर किशोरीलाई जागिरको लोभ देखाइन् ।

बुवाले कान्छी आमा ल्याएपछि भर्खरै १६ टेकेकी सपना (नाम परिवर्तन) आर्थिक अभावमा थिइन् । परिवारमा आमा र बहिनी थिए । आर्थिक अवस्था पहिले पनि मजबुत थिएन, बुवा र आमाको सम्बन्धविच्छेद सँगै समस्याको झन् ठूलो पहाड पार गर्नुपर्ने भयो ।

केही समय मामाघरमा बसिन् । अनि, कामको खोजीमा काठमाडौं आएकी सपनाले शुरुमा कपडा पसलमा काम गरिन् । आलु चिप्स बनाउने कारखानामा काम गरिरहेको बेला प्रियाले ‘खान बस्न पैसा नलाग्ने र राम्रो कमाई हुने रेष्टुरेण्ट एण्ड गेस्ट हाउसमा काम लगाइदिन्छु’ भनेपछि उनले चिप्स कारखाना छाडिन् ।

प्रियाले कोटेश्वरस्थित ‘होटल दिपलक्ष्मी एण्ड गेस्ट हाउस’मा उनलाई वेटरको काम गर्ने शर्तमा राखिदिइन् । साहुजीले मासिक ७ हजार तलव तोकेका थिए । शुरुमा केही दिन वेटरको काम गरेकी सपनालाई पछि डर, त्रास देखाएर ग्राहकसँग शारिरिक सम्पर्क राख्न बाध्य पारियो ।

माइत बस्न थालेकी आमा र बहिनीमाथिको पारिवारिक जिम्मेवारी पूरा गर्न ०७६ कार्तिकमा उनी काठमाडौं आएकी हुन् ।

सामान्य अक्षर चिन्न नसक्ने आमा र बहिनीलाई हेरविचार गर्ने त्यो परिवारमा सपना बाहेक कोही थिएन । पढाइ छोडेर पैसा कमाउने सपना देखेर काठमाडौं आएकी उनको सपना कोटेश्वरको गेस्ट हाउसमा बन्धक बनाइयो ।

‘होटल दिपलक्ष्मी एण्ड गेस्ट हाउस’को बन्द कोठामा सपनाको मनमा आँधी, तुफान र पीडा मात्रै खेलिरहे ।

गेस्ट हाउसमा बन्धक बनाएर वेश्यावृत्ति गर्न बाध्य बनाइएकी सपनालाई ०७७ माघमा मानव वेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उद्दार गरेको थियो । अहिले उनलाई माइती नेपालको संरक्षणमा राखिएको ब्यूरोकी प्रमुख (एसएसपी) दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।

होटल संचालक र बिचौलिया पक्राउ
उनलाई गेस्ट हाउसमा लैजाने २५ वर्षीया बिकला बिक उर्फ प्रिया र गेस्ट हाउस संचालकलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्रेको छ ।

कास्कीको पुम्दिभुम्दी–४ बाट वैशाख ९ मा प्रियालाई पक्राउ गरिएको ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।

होटल दिपलक्ष्मी एण्ड गेस्ट हाउसका संचालक ७२ वर्षीय देव बहादुर श्रेष्ठ उर्फ दीपलाई पनि चैत २२ मा ब्यूरोले पक्रेर अनुसन्धान गरिरहेको छ । देव बहादुर ललितपुरको गोदावरी नगरपालिका–११ का स्थानीय हुन् ।

फेसबुक साथी बनाएर सपनालाई ति महिलाको बारम्बार म्यासेज गरेर रेष्टुरेन्टमा खानेकुरा ‘सर्भ’ गर्नुपर्छ तलव धेरै आउँछ भनेर जालमा पारेकी थिइन् ।

रेष्टुरेन्टमा काम सुरु गर्न थालेपछि सपनालाई धेरै पैसा कमाउने तरिका सिकाउन थालियो । मदिराको लतमा पारियो । त्यसपछि उनको काम सुरु भयो– ‘ग्राहकसँगै बसेर खाना खाने अनि बिल धेरै उठाउने ।’

विदेशबाट आएका र अन्य ग्राहकसँग यौनसम्पर्क राख्न बाध्य पारेपछि सपनाले साथीमार्फत प्रहरीलाई खबर गरेकी थिइन् ।

घटना अनुसन्धानमा संलग्न ब्यूरोका प्रहरी अधिकृतका अनुसार काठमाडौंका थुप्रै खाजा घरहरुमा यस्ता क्रियाकलाप भइरहेका छन् ।

बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ३.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ७.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ८.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.