कतिपय मान्छेलाइ अाफ्नाे ताैलकाे बढी चिन्ता हुने गर्छ । प्राय मान्छेहरु भने शरिरलाइ एकदम पातालाे बनाउन चाहान्छन् ।
त्यस्तै, माेटाेपनकाे सिकार भएकी मोडलिङ क्षेत्रमा चर्चित नाम रहेकि अनिता बस्नेत हुन् । उनी अहिलेकाे समय कलाकारितामा नै सक्रिय छन् तर भूमिका भने फेरिएको छ तर भने उनले २०० वटा भन्दा बढी म्युजिक भिडियाेमा अभिनय गरिसकेकी छिन् ।
मोडलिङमा रुचाइएकी अनिताले अहिले हाँस्यव्यंग्यलाई रोजेकी छन्। उनी सर्वाधिक चर्चामा रहेको हाँस्य टेलिशृंखला ‘मेरी मास्सै’ मा मास्टर्नीको भूमिका निर्वाह गरेकी थिईन ।
ओखलढुंगाको खिजिदेम्बामा जन्मिएकी अनिता २०६८ सालको प्रवेशिका परीक्षा पास गरेर काठमाडौं प्रवेश गरिन्। सानै उमेरदेखि नै मोडलिङमा रुचि भएकै कारणले डान्स कक्षाहरू जान थालिन्। डान्स सिक्दै गर्दा उनलाई प्रमोद ‘सपना जति’ बोलको म्युजिक भिडियोबाट अफर आयो। उनले अफर स्वीकारिन् र उक्त भिडियोमा काम गरिन्। प्रमोदको यस गीतमा काम गरेसँगै उनलाई धेरै म्युजिक भिडियोबाट अफर आए। उनले पनि काम गर्दै गइन् ।
उनले काम गरेका धेरै म्युजिक भिडियोहरू हिट पनि भए। उनले करिव २०० म्युजिक भिडियोमा काम गरिसकेकी छन्। नयाँ काम गर्ने सोच्दै गर्दा थुप्रै भिडियोमा अभिनय गरिसकेकी अनितालाई शरीर मोटो भएकाले मोडलिङमा समस्या भइरहेको थियो।
उनीमा केही नयाँ गर्ने सोच पलाइरहेको थियो। यहीँ सोचले दिमागमा ठाउँ लिइरहेको बेला ‘मेरी बास्सै’ बाट उनलाई प्रस्ताव आयो। म्युजिक भिडियोमा काम गरिरहँदा उनी धेरै स्टेज कार्यक्रमहरूमा पुगेकी थिइन्। उक्त कार्यक्रममा जाँदा उनको भेट ‘मेरी बास्सै’का राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सँग भएको थियो। राजु र बल्छीले अनिताको काम हेरेका रहेछन् ।
उनीहरूको नजरमा परेकी थिइन्, अनिता। ‘मैले मोडलिङ गरेको, अभिनय गरेको उहाँहरूले देख्नुभएको रहेछ’, विगतलाई सम्झँदै भनिन्, ‘उहाँहरूलाई पनि एउटा नयाँ पात्र चाहिएको रहेछ। अफर गर्नुभयो स्वीकारेँ।’ शरीर मोटी भएर मोडलिङमा समस्या भइरहेको बेला आएको अफर उनले खुसी हुँदै स्वीकारेकी थिइन्। त्यसपछि उनी ‘मेरी बास्सै’की मास्टर्नी बनिन् ।