संसारकै मोटो भनेर चिनिने १ सय ९३ किलो भएका एक बालकले एक सय ८ किलो तौल घटाएका छन् । उनले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए ।
इन्डोनेसिया जन्मिएका आर्या परमाना नाम गरेको मोटो बालकको तौल घटाएको तस्वीर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । उनले आफ्नो तौल घटाउन कडा परिश्रम र मेहनत गरेको जनाएको छ ।
परमानाको तस्वीर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले सार्वजनिक गरेको डेली मेलमा उल्लेख छ । उनले तौल घटाउनका लागि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत गरेको उनको पिताले बताएका छन् ।शरीरलाई एक पटक सर्जरी गरिसकेको परमानाको फेरि पनि दोस्रो पटक सर्जरी गर्नु पर्ने जनाइएको छ ।
डाक्टरहरुका अनुसार उनको झोलिएका छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने भएको हो ।