घरको दैलोमा बस्दै बाटोतिर एकोहोरो हेरी रहेकी यी आमा । जस्को ओँठमुख सबै सुकेका छन् । उनलाई न दिनको भोक छ न त रातको निंद नै छ । छ त केवल आफ्नै जिन्दगीको सहनै नसक्ने पिडा ।
यीनी हुन् स्कूलबाट अहिलेकी चर्चित दुखद घटनाकी पात्र भागरथीकी आमा । जस्को आखाँबाट बर्रर आँशु झरि रहेको छ तर पुच्छ्ने हेक्का भने छैन ।
पिडामाथि पि’डा सहुन् पनि कसरी ? श्रीमानको मृत्यु भएको २ महिना पनि पुरा भएको थिएन । फेरी जवान र होनहार छोरी गईन् अल्पआयुमै । यी एकल आमाको काख र कोखबाट खोसिदिए पापीहरुले । सन्तानलाई सानो चो’ट मात्रै लाग्दा त त्यसको दुखाई आमाबुवालाई हुन्छ भने भागरथी त अकाल्मै यो संसारबाटै आफ्नी आमालाई सदाकालागी छाडेर गएकी छन् । छोरी अब यो संसारमा कहिल्यै नर्फकने गरी गएको खबरले यी आमाको मन दुखेको छ होला ? कति छ’टपटि’एको छ होला ?
छोरी अझैंपनि कतैबाट आमाभन्दै बोलाउँदै आउँछे कि भन्ने उनलाई कति लागेको हुँदो हो । तर अब त्यो कहाँ सम्भव छ र ? दैव पनि कति निष्ठुरी हुँदा रहेछन् भन्ने भनाई यतिबेला भागरथीकी आमाको जीवनमा लागु भई दिएको छ ।
बहीनी भागरथीलाई सम्झंदै रसाएका दाईका आखाँले बहीनी गुमाउँदा उनको मनमा फुटेको ज्वारभाटालाई प्रष्ट देखाउँछ । बुवाको निधनपछि घरको जिम्मेवारी उनीमाथी आई लागेको हुनाले काम गर्न र आर्थिक कुरालाई माथि उठाउन उनी भारत गएका थिए ।
जब बहीनी भागरथीको बारेमा उनले थाहा पाए तब उनी भारतबाट घरमा आएका छन् । बहीनीलाई सम्झिंदै उनी भन्छन्,‘म हिंड्ने बेला मैले बहीनीलाई भनेको थिएँ । बुवापनि हुनुहुन्न । मपनि इण्डिया कमाउन जाँदैछुु । आमाको र आफ्नो ख्याल राख्नु र राम्रोसंग पढ्नु ।’ बहीनीसंग भएको यही सम्बादलाई सम्झिंदै भक्कानिए भाथरथीका दाई ।
आमाको साहारा नै तिमी हौ भन्दै आमालाई बहीनीको जिम्मा लागएका दाईले जब यो कुरा अर्काको देशमा काम गर्दै गर्दा थाहा पाए त्यसपछि के भए होल कसैले पनि सोच्न सक्दैन ।