नेपाल समूहले आम हड्ताल गरेकै दिन संकटकालकै झल्को दिनेगरी नेपाली सेनाले बख्तरबन्द गाडीहरुलाई बुटवलका सडकमा घुमाएको छ ।
पूर्वजानकारी विनै बख्तरबन्द गाडीहरु घुमाएपछि राजमार्ग चौराहमा बन्द गराइरहेका कार्यकर्ताहरु अचम्ममा परेका थिए सेनाले बख्तरबन्द गाडि देखाएर डराउन खोजेको एक बन्दकर्ताले बताए ।
बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराह हुँदैं गोलपार्कतिर लगिएको थियो ।मुख्य राजमार्ग बाहेक बुटवलका भित्रि सडकहरुका पसल व्यवसाय भने आँशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई–रिक्साहरुलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन ।