बलिउड सेलिब्रेटीहरु कुशल अभिनयका साथ साथै स्टाइल र लुक्सका कारण बढी चर्चामा आउने गर्छन। तिनै सेलिब्रेटीहरुको लुक्सको त कतिपयले कपि समेत गर्ने गर्छन। बलिउडका केहि अभिनेताहरु मात्र छन जो रियलमा र चलचित्रको पर्दामा उस्तै देखिन्छन। तर केहि अभिनेताहरु भने बुढ्यौलीलाई ढाकछोप गर्न कुनै कसर बाँकी राख्दैनन्। कपाल झरेकै कारण बलिउडका यी अभिनेताहरु नक्कली कपाल हालेर आफ्नो लुक्सलाई सकेसम् मेनटेन गर्न खोजिरहेका छन।
साउथ सुपरस्टार रजनीकान्त कुशल अभिनयका कारण बलिउड र साउथमा उतिकै चर्चित छन। उइ अभिनित केहि चलचित्रमा सुपरहिट भएका छन। यसका अलावा उनि आफ्नो स्टाइलका कारण पनि चर्चित छन। चलचित्रमा रजनिकांत आफ्नो स्टाइल मेनटेन गर्न विकको प्रयोग गर्ने गर्छन।
कपिल शर्मा-
बलिउडमा कमेडी किङका नामले चर्चित कपिल शर्माको पनि टाउकामा निकै कम कपाल छन। उनले पनि आफ्नो कपालको सर्जरी गराएका हुन्।
अक्षय कुमार-
बलिउडका खेलाडी कुमार पछिल्लो समय अत्यन्तै रुचाईएका अभिनेता हुन। उनको लुक्सको खुलेरै तारिफ नगर्ने सायदै छन तर धेरैलाई थाहा छैन अक्षयको टाउकोमा निकै कम कपाल छ त्यसैले उनले हेयर ट्रान्सप्लान्ट गरेका छन।
अमिताभ बच्चन-
अभिनयका कारण देश दुनियाको नजरमा पर्न सफल अमिताभ बच्चनले धेरै बलिउड चलचित्रमा काम गरिसकेका छन। बढ्दो उमेरसंगै झरेको कपालका कारण उनि पनि टाउकोमा विक लगाउने गर्छन।
सलमान खान-
बलिउडका अर्का चर्चित अभिनेता हुन सलमान खान। उनलाई देश बिदेशका धेरैले फलो गर्छन। सलमानको पनि टाउकोमाक निकै थोरै कपाल छ जुन केहि चलाचित्रमा पनि स्पष्ट देख्न सकिन्छ। यहाँसम्म कि सलमानले आफुलाई मेन्टेन गर्न हेयर ट्रिटमेन्ट गराएका छन।