• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

पूजा गर्न गएकी महिलाकोको बलात्कारपछि हत्या, मन्दिरका पुजारी मुख्य अभियुक्त


भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा ५० वर्षीया एक महिलाको बलात्कारपछि हत्या भएको छ । महिला आइतबार बेलुका पूजा गर्न जाँदा उनीमाथि यस्तो घटना भएको हो ।

आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ जबकी मुख्य अभियुक्त मन्दिरका पुजारी अहिले पनि प्रहरीको पहुँच बाहिर छन् ।

यसैबीच राष्ट्रिय महिला आयोगले यो मामिलामा युपी प्रहरीसँग रिपोर्ट माग गरेको छ ।

घटनाबारे जानकारी दिँदै बदायूंका वरिष्ठ प्रहरी अधिकारी संकल्प शर्माले बीबीसीसँगको कुराकानीमा भन, ‘५० वर्षीया महिलाको संदिग्ध परिस्थितीमा मृत्यु भएको थियो । यसबारे मुद्दा दर्ता गरिएको छ । दुई अभियुक्तलाई पक्राउ गरिएको छ । सम्बन्धित मामिलाको प्रारम्भिक अनुसन्धानमा लापरवाही गरेकोमा दोषी पाइएका थानाका प्रभारीलाई निलम्बित गरिएको छ ।’

मन्दिरबाट घर फर्किनन्ः
महिलाका परिवारका अनुसार आइतबार बेलुका उनी मन्दिरमा पूजा गर्न गएकी थिइन् तर निकै बेर भएपनि घर फिर्ता भइनन् । घरका मानिसहरु तनावमा परे ।

महिलाका श्रीमानले भने, ‘राती साढे ११ बजे महात्मा (मन्दिरका पुजारी)ले गम्भीर अवस्थामा महिलालाई घर लिएर आए । उनको अत्यधिक रक्तश्राव भइरहेको थियो । रगत बग्दा बग्दै उनको मृत्यु भयो । महात्मा सत्यनारायणसँग वेदराम र ड्राइभर जसपाल पनि थिए ।’

परिवारले आरोप लगाएअनुसार यसबारे प्रहरीमा रिपोर्ट गरिएको थियो तर प्रहरीले कुनै रिपोर्ट दर्ता गरेनन् ।

मंगलबार जब पोस्टमार्टमको रिपोर्ट आयो तब त्यसमा सामूहिक बलात्कारका साथै निकै क्रुर तरिकाले हत्याको कुरा सार्वजनिक भयो । त्यसपछि मात्रै प्रहरीले एफआईआर दर्ता गर्यो र बुधबार दुईजनालाई पक्राउ गर्यो । मुख्य अभियुक्त तथा मन्दिरका पुजारी सत्यनारायण अहिले पनि फरार छन् ।

पुजारीको बयानले पार्यो अलमलः
परिवारका अनुसार सोमबार नै ऊजुरी दिइएको थियो तर एफआइआर दर्ता गरिएन । पोस्टमार्टम पछि मात्रै एफआइआर दर्ता गरियो । स्थानीय पत्रकार चितरंजन सिंहले मुख्य अभियुक्त मन्दिरका पुजारी सत्यनारायणले महिलाको कुवामा खसेर मृत्यु भएको बयान दिइरहे ।

उनका अनुसार प्रहरीले पहिलो पुजारी सत्यनारायणको बयानको आधारमा कारवाही गरिरह्यो जबकी परिवारले भने बलात्कार र हत्याको आरोप लगाइरहेका थिए ।

घटनापछि मिडियासँगको कुराकानीमा पुजारीले भनेका थिए, ‘महिला कुवामा खसेकी थिइन् । मैले वेदराम र जसपाललाई मद्दतका लागि बोलाएँ । उनीहरुको मद्दतले जब उनलाई निकालेँ तब उनको मृत्यु भइसकेको थियो । त्यसपछि हामीले उनलाई उनको घरमा पुर्याइदियौं ।’

स्थानीय प्रहरीले पोस्टमार्टम रिपोर्ट नआञ्जुलसम्म सत्यनारायणको बयानलाई सही मानिरहेको थियो । स्थानीय मानिसका अनुसार जुन कुवामा उनी खसेको कुरा पुजारीले बताइरहेका थिए त्यहाँ पुग्न नै कठिन छ । बीबीसी

शनिबार, पुष २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अख्तियारलाई हर्क साम्पाङको जवाफः दाताले दिएको पैसाको खाना खा’को कुरा खोज्नु हुन्न
गण्डकी प्रदेश महोत्सव : आइतबार दश हजार दर्शकद्वारा अवलोकन
गण्डकी प्रदेश महोत्सव : हालसम्म ४० हजारले गरे अवलोकन
गण्डकी प्रदेश महोत्सवमा आज रचना रिमाल आउने
आज २०८१ साल कात्तिक १३ गते मंगलवार, यस्तो छ तपाईको राशिफल
Innovative Tools and Techniques for Agrobiodiversity Conservation

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भर्खरै

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.