• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ८. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

यस्तो छ लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक


चलचित्रका कलाकारहरुको पारिश्रमिकबारे मिडियामा बेलाबेलामा समाचार आइरहेका हुन्छन् । कलाकारले चलचित्रबाट लिएको पारिश्रमिकले बजारमा राम्रै चर्चा समेत पाउँछ । तर, आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको बिषयमा निकै कम मात्र चर्चा हुन्छ ।

चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र आधुनिक गीतकै भिडियोमा काम गरेर करिअर अगाडि बढाइरहेका मोडलहरुको पारिश्रमिक भने चलचित्रका कलाकारले लिने जस्तो महंगो छैन ।

गायकद्धय प्रकाश सपूत, दुर्गेश थापा लोकदोहोरी गीतका भिडियोमा काम गर्ने महंगा मोडल हुन् । उनीहरुले ५० देखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । त्यस्तै, अहिले मोडल रियाशा दाहालको माग पनि लोकदोहोरीमा राम्रै छ ।

उनी लोकदोहोरी भिडियोमा अभिनय गरेको ६० हजारसम्म पारिश्रमिक लिन्छिन् । केही वर्ष पहिलेसम्म लोकदोहोरीमा शंकर बिसीको दबदबा थियो । तर, अहिले उनी सुस्ताएका छन् । उनले एउटा भिडियोमा काम गरेको ३० हजार पारिश्रमिक लिन्छन् ।

गायक रामजी खाँण पनि केही समय पहिलेसम्म लोकदोहोरी भिडियोमा बाक्लै देखिन्थे । हिजोआज भने रामजी पनि केही सुस्ताएका छन् । उनले एउटा भिडियोमा अभिनय गरेको २० देखि ३५ हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । यस्तै, खेम सेञ्चुरीले लोकदोहोरी गायकका रुपमा मात्र नभई कलाकारका रुपमा पनि राम्रो पहिचान बनाएका छन् । उनी पनि राम्रै पारिश्रमिक लिन्छन् ।

गायक पुश्कल शर्माले लोकदोहोरी भिडियोमा काम गरिरहेका हुन्छन् । उनले ३० हजार पारिश्रमिकमा भिडियोमा अभिनय गर्ने निर्देशकहरु बताउँछन् ।

३–४ जनालाई छाड्ने हो भने अधिकांशको डिमाण्ड १५ देखि ३० हजार रुपैयाँसम्म हुन्छ । कोही १५ हजारमै पनि खेल्छन् । कोहीले ३० हजारसम्म माग्ने

पछिल्लो समय सुनिल क्षेत्रीले धेरै लोकदोहोरी भिडिया कोरियोग्राफी तथा अभिनय गरेका छन् । डान्सिङ विटका गीतमा सुनिलको डिमाण्ड राम्रो छ । उनले ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिने बुझिएको छ ।

अहिले लोकदोहोरीमा व्यस्त मोडलहरु हुन्, अञ्जली अधिकारी, करिष्मा ढकाल, सारिका केसी, लोमश शर्मा, विमल अधिकारी, आयुष्मा कार्की । यी मोडलहरु लोकदोहोरीमा अभिनय गरेको १५ देखि ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।

रञ्जिता गुरुङ, महेन्द्र गौतम, सगुन शाही, आशा खड्का लगायत पनि लामो समयदेखि लोकदोहोरीमा सक्रिय छन् । यी मोडलहरु पनि १५ देखि ३० हजार पारिश्रमिकमा लोकदोहोरी भिडियोमा काम गर्दै आएका छन् ।

एक लोकदोहारी भिडियो निर्देशकले भने–‘३–४ जनालाई छाड्ने हो भने अधिकांशको डिमाण्ड १५ देखि ३० हजार रुपैयाँसम्म हुन्छ । कोही १५ हजारमै पनि खेल्छन् । कोहीले ३० हजारसम्म माग्ने गरेका छन् । पारिश्रमिकमा सम्बन्धले पनि अर्थ राख्ने निर्देशकहरुको भनाई छ ।

पछिल्लो समयमा चक्र बम, अर्जुन गौतम, जुना गुरुङ, ओबी रायमाझी, एलिना रायमाझी, अनु पराजुली, साया भण्डारी, जुना गुरुङ्ग, जय देवकोटा, देबेन्द्र क्षेत्री, जुना सुन्दास, रीना थापा, आरुषी मगर लगायत पनि लोकदोहोरीमा काम गरिरहेका मोडल हुन् । उनीहरु १० देखि २५ हजार रुपैयाँसम्ममा अभिनय गर्ने निर्देशकहरु बताउँछन् ।

त्यस्तै, टिकटकबाट उदाएकामध्ये गरिमा शर्मा, उषा उप्रेती, गीता ढुंगाना पनि लोकदोहोरीमा देखिरहेका छन् । उनीहरुले १५ हजार रुपैयाँदेखि ३०–३५ हजार रुपैयाँसम्म पारिश्रमिक लिने निर्देशकहरु बताउँछन् ।

लामो समयदेखि लोकदोहोरीमा सक्रिय र व्यस्त मोडलहरुको व्यस्तता हिजोआज भने घटेको छ । चलचित्रसँगै आधुनिक गीतका मोडलहरु समेत लोकदोहोरीमा देखिन थालेसँगै उनीहरुको व्यस्तता कम भएको हो ।

लोकदोहोरीमा महंगो पारिश्रमिक लिएर चलचित्रका कलाकारहरु देखिन थालेसँगै लोकदोहोरी भिडियोमा काम गर्दै आएका मोडलहरुले पारिश्रमिक भने केही बढाएको निर्देशकहरु बताउँछन् ।

बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.