Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

क्युट सुहाना, हट सुहाना, हेर्नुहोस् १० तस्बिर


सुहाना थापाले जम्मा एउटा फिल्ममा अभिनय गरिन् । तर, उनका फ्यान फलोइङ गज्जब छन् । चलचित्र ‘ए मेरो हजुर ३’ मा युवास्टार अनमोल केसीसँग जोडी बाँधेपछि सुहानाको चर्चा चुलियो ।

अब भने सुहानालाई फिल्म ‘ए मेरो हजुर ४’ मा देख्न सकिनेछ । उक्त फिल्ममा सुहाना फाइनल भइसके पनि नायक को रहने भन्ने अझै तय भएको छैन । झरना थापाले आफ्नी छोरी सुहानाका केही सुन्दर तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

हेर्नुस् सुहानाको सुन्दरता:

पर्वत– खुसी हुने भो, दोबिल्ला टू फलेवास सरसर गाडी चल्ने भो
फलेवासका भजन समूहले आइतबार गाएको भजनको एक टुक्का हो ।

वर्षौंदेखि पक्की सडकको प्रतीक्षा गरेका देवीस्थानस्थित तल्लो फलेवासका बासिन्दाका लागि आइतबारको दिन महत्वपूर्ण थियो । आफ्नो ठाउँमा बन्न लागेको मल्याङ्गदी खोलादेखि मुडिकुवा, फलेवास ढिक हुँदै चन्दनी पुग्ने कालोपत्र सडकको शुभारम्भ कार्यक्रममा खुशियालीमा भजन पनि बाटो र विकासकै सन्दर्भमा गाएका हुन् ।

बाजागाजा, झाँकी र भजनसहित उपस्थित भएका फलेवासवासीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितका अतिथिलाई भव्य स्वागत गरे, खुशियालीमा मज्जाले नाचे र आफ्नो खुशी यसरी गीतबाट पनि पोखेका थिए । पर्वतलगायतका क्षेत्रमा चुड्का र भजन लोकप्रिय छ ।

विकास र समृद्धिका कुरा भजनबाटै व्यक्त भएपछि मुख्यमन्त्री गुरुङ, सांसद पदम गिरी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, गण्डकी प्रदेशकै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसहितका अतिथि फलेवास नगरवासीको मीठो स्वागतमा मुस्काइरहेको देखिन्थ्यो ।

विसं २०५७ मा नै ट्र्याक खुलिसकेको र एक दशकअघि ग्राभेल भएको दोबिल्ला फलेवास सडकको कुस्मा नगरपालिकाको सिमाना मल्याङ्गदी खोलासम्म कालोपत्र भइसकेको छ । फलेवास शुरु भएपछि एक हजार ४०० मिटर कालोपत्रका लागि तयारी भएपछि कार्यान्वयन गर्ने निकायको अन्योलताका कारण ग्राभेल गरेर सडक त्यसै थन्किएको छ ।

यस वर्ष गण्डकी प्रदेश सरकारको रणनीति सडकअन्तर्गत मल्याङ्गदीदेखि चन्दनीसम्मको झण्डै १० किलोमिटर सडक कालोपत्र गर्ने कार्य शुरु भएको छ । दुई वर्षमा काम सक्ने गरी रु २६ करोड ५१ लाखमा प्यासिफिक/फेवा जेभीले सडक कालोपत्र गर्ने जिम्मा लिएको छ । आठ मिटर चौडा सडकमध्ये ५.५ मिटर सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले बताउनुभयो ।

नगरपालिका घोषणा हुँदा एक किलोमिटर पनि कालोपत्र सडक नभएको फलेवासमा पछिल्लो समय सडक कालोपत्र गर्ने, चौडा गर्ने काम धमाधम भइरहेको छ । गएको वर्षसम्म झण्डै १० किमी सडक कालोपत्र भइसकेको छ भने यस वर्ष कालोपत्रका धेरै योजना शुरु भएका छन् । मल्याङ्गदी खोलादेखि चन्दनीसम्मको सडक नगरपालिकाको सेन्टर चक्रपथ अन्तर्गतको सडक हो । यो सडक कालोपत्र गरिएपछि फलेवासको एउटा महत्वपूर्ण सडक कालोपत्रे गर्ने योजना सफल भएको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो ।

मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

भर्खरै

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.