कार्यक्रम सञ्चालक, मोडेल तथा नायिका रिमा बिश्वकर्माले नेपाली राजनीतिमा प्रवेश गर्ने चाहना ब्यक्त गरेकी छिन् । उनले आफ्नो राजनैतिक यात्रा कहिले सुरु हुने भन्ने चाँही खुलाएकी छैनन् । उनको यो एक इच्छा रहेको रिमाले बताइन् ।
पछिल्लो समय नायिका केकी अधिकारीसँग मिलेर रिमाले प्रोडक्सनको काम गरिरहेकी छिन् । मिल्ले साथी भएकाले रिमा र केकी सार्वजनिक कार्यक्रमहरूमा सँगै देखिने गरेका छन् भने उनीहरुका आगामी परियोजनामा पनि सँगै काम गर्ने बताएका छन् । रिमाले आफूलाई राजनीतिप्रति चासो रहे पनि अहिलेका नेताहरूप्रति विश्वास नरहेको बताएकी छिन् ।
उनको बैवाहिक जीवन सुखद रहेन । अहिले पति छाडेर बसेकी नायिका रिमा विश्वकर्माले तत्काल विवाह गर्ने योजना भने नरहेको बताएकी छिन् । बेलायतमा बसोबास गर्ने एकजना एनआरएनसँग विवाह गरेकी रिमाको वैवाहिक जीवन धेरै लामो चल्न सकेन । पछि दुबैले डिभोर्स गरेका थिए ।
रिमालाई उनी आमाले विवाहका लागि दवाव दिने गरेको स्वीकार गरेकी छिन् । रिमाले भविष्यमा कस्तो केटासँग विवाह गर्ने हो केही भनेकी छैनिन् । उनीले आफ्नो वैवाहिक जीवन सफल हुनुको कारण भने खुलाउन चाहेकी छैनन् ।