• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ८. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

छोरी खोज्न वर्षेनी नेदरल्याण्डबाट नेपाल आउँछिन् ७८ वर्षकी आमा


सुरूमा आमासँग आएकी कोरी पछि एक्लै नेपाल आउन थालिन्। नेपाली आतिथ्यता र माटोसँग परिचित भइसकेकी कोरीको छुट्टी बनाउने गन्तव्य नै नेपाल बन्यो। नेपाल घुमेर उनी कहिल्यै अघाइनन्, पदयात्रा गरेर कहिल्यै थाकिनन्। २ वर्षअघि फेब्रुअरी २०१८मा पनि कोरी एक्लै नेपालका डाँडाकाँडा र हिमाल नापिरहेकी थिइन्। नेदरल्याण्डबाट एक महिनाका लागि नेपाल उडेकी कोरी ७ फेब्रुअरी २०१८ मा काठमाडौं ओर्लिन्। लगत्तै पोखरा आएर अन्नपूर्ण क्षेत्रमा पदयात्रा थालिन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग प्रवेश अनुमति लिँदा उनले अन्नपूर्ण बेसक्याम्प (एबिसी) जाने भनेकी थिइन्। एबिसी पदमार्गको एक्यापअन्तर्गत बिरेठाँटी चेकपोस्टमा १३ फेब्रअरी २०१८ मा कोरी चेक इन भएकी थिइन्। त्यसपछि भने उनको बाटो मोडिएछ। उनी एबिसी होइन बाटोबाटै म्याग्दीको पुनहिलतर्फ लागिन्। पुनहिलबाट फर्केर उनी मर्दी हिमालको पदयात्रामा हिँडिन्।

मर्दी पदमार्गको हाइक्याम्पस्थित होटल ट्रेकर्स प्याराडाइजमा उनी १९ फेब्रुअरीमा बास बसेकी थिइन्। पर्यटकको भीडले कोठा नपाएकी कोरीले त्यो रात होटलको डाइनिङ टेबलमै बिताइन्। भोलिपल्ट बिहानै मर्दी बेस क्याम्प (४५००मिटर) चढिन्, फर्केर फेरि हाइक्याम्पमै बसिन्। अघिल्लो रात बसेको होटलमा कोठा नपाएपछि कोरी माछापुच्छ्रे होटलमा सरिन्। होटलमा रहेको इन्टरनेटबाट भोलिपल्ट बिहानै छोरी रेइनलाई उनले म्यासेज पठाइन्।

उनको म्यासेजमा लेखिएको थियो– म फेरि पनि हिमालका माथिमाथिसम्म गएँ। फर्किँदा निकै गाह्रो भयो। आज मौसम खराब छ: तुँवालो लागेको छ, असिना पर्छजस्तो छ। म अहिले एक लजजस्तो ठाउँमा छु। भोलि बिहान ५-६ बजेतिर सबैजना हिमाल र सूर्योदय हेर्न अग्लो ठाउँमा जाँदैछन्।

म्यासेजसँगै मर्दी हिमाल बेस क्याम्प (४५०० मिटर) मा खिचिएको तस्बिर, सेल्फी, सुर्योदय हुनुपूर्वको आकाश र पोखरा सेरोफेरो घुम्दाका तस्बिर पनि थिए। मर्दी हिमाल बेस क्याम्प (४५०० मि) मा खिचिएको बेपत्ता कोरीको तस्बिर। उनले अन्तिम पटक यो तस्बिर आफ्नी छोरी रेइनलाइ पठाएकी थिइन् । कोरीले नेपाल ओर्लिएदेखि नै आफूलाई लागेका अनौठा तस्बिर र अनुभव निरन्तर छोरी र परिवारलाई पठाइरहेकी थिइन्।

हाइक्याम्पबाट आमाले पठाएको सन्देश र फोटो हेरेर नेदरल्याण्डमा रेइन मुस्कुराइन्। उनलाई के थाहा ती शब्द र तस्बिर नै आमाले पठाएका अन्तिम कोसेली हुनेछन् भनेर! छिनछिनमा मौसम बदलिरहने बादलले ढपक्कै ढाक्ने मर्दी पदयात्रामा कोरी त्यसपछि कहाँ गइन्, कता पुगिन्, अहिलेसमम कसैलाई पत्तो छैन।

पदयात्राबाट फर्केपछि पोखरा विपासना केन्द्रमा ध्यान बस्ने कोरीको योजना थियो। ध्यान बस्दा दुई साता सम्पर्कविहीन हुने रेइनलाई जानकारी गराइसकेकी थिइन्। पोखरा विपासना केन्द्रमा ‘अप्रिल कोर्स’ उनले बुक गरेकी थिइन्। कोर्स सुरू हुने बेला भयो तर कोरी आइपुगिनन्। उनले प्रयोग गरेको नेपाली मोबाइल नम्बर र इमेलमा केन्द्रले बारम्बार सम्पर्क गर्‍यो। फोन लागेन इमेलको जवाफ पनि आएन।

त्यहाँका कर्मचारीले कोरीकी छोरी रेइनलाई इमेलल लेखे– तपाईंकी आमाले यस केन्द्रको अप्रिल कोर्स बुक गर्नुभएको थियो तर आउनुभएन। हामीले फोन गर्‍यौं। इमेल पनि पठायौं तर कुनै जवाफ आएन। उहाँले प्रयोग गर्ने नेपाली मोबाइल नम्बर ९८२४११२९२३ हो। आशा छ तपाईंले आफ्नी आमासँग कुरा गर्न सक्नुहुनेछ।

९ अप्रिल २०१८ मा यस्तो इमेल पाएपछि रेइनका मनमा चिसो पस्यो। हाइक्याम्पबाट फर्केर परिवारमा कुनै सम्पर्क नगरेकी कोरी ध्यानमा मग्न होलिन् भन्ने उनीहरूको भरोसा थियो। ध्यान सकिने बेलासम्म पनि विपासाना केन्द्रको सम्पर्कमै नपुगेको जानकारीले परिवारमा छटपटी भयो।

परिवारको तर्फबाट बारम्बार सम्पर्कको प्रयास भयो, कोरीसँग सम्पर्क भएन। परिवारले कोरीलाई खोजी गरिदिन आग्रह गरे। नेपालमा हिमाली क्षेत्रमा हराएका पर्यटकको उद्धारमा लाग्ने विभिन्न संघ संस्था र व्यक्तिको समूह बनाएर खोज्न पठाइयो। कोरी कहीं भेटिइनन्।

आफैंले नेपालका हिमाल र पहाड चिनाएकी छोरी तिनै हिमालमा कतै हराएको कुराले आमा जिनको मन भारी भयो। आफू पहिला पनि हिँडेको बाटो भएर होला आफैं आएर खोज्ने हिम्मत जुट्यो। छोरीको सास नभए लास भेट्ने लक्ष्य बोकेर ७८ वर्षकी जिन केही समयपछि नेपाल आइन्। छोरी हिँडेको बाटो हिँडेरै खोजिन्। तर भेटिनन्।

दुई वर्षयता जिन नेपाल घुम्नभन्दा पनि हराइरहेकी छोरीका पदचाप पछ्याउन नेपाल आउँछिन्। नेपाल प्रहरीको टोली र तालिम प्राप्त कुकुर लिएर उनी मर्दी पदमार्गमा छोरी खोज्न गइन्। तर रित्तै फर्कनुपर्‍यो। कोरीको बुबासँग छुट्टिएकी जिन अहिले बेलायती श्रीमानसँग नेदरल्याण्डमै बस्छिन्।

बेलायती श्रीमानलाई लिएर दुई महिनाअघि पनि उनी नेपाल आइन्, मर्दी पदयात्रा गरेर फर्किइन्। कोरी हिँडेको बाटो र ती हिमाल देख्दा उनलाई छोरीसँगै भएको महशुस हुन्छ। खोजकर्ताले कोरीलाई त के उनको जुत्ता, टोपी लगायतका सामाग्री पनि नपाउनु चिन्ताजनक भएको उनी बताउँछिन्। आमाको मन न हो, जिनलाई आशा छ- कोरी अझै ज्यूँदै छन्।

कहाँ गइन् होला कोरी?
मर्दी पदयात्रामा हाइक्याम्पबाट तल गाउँ झर्ने दुइटा बाटा छन्। त्यहाँ केही साइनबोर्ड र चिन्ह राखिएका छन् र सूचना पनि छ। हाइक्याम्पबाट सिदिङ गाउँ जाने नयाँ रूट भनेर राखिएको सूचनामा यो बाटो छोटा छ भनेर लेखिएको छ। जिनलाई लाग्छ- जंगलको बाटो भएर झर्नुपर्ने सोही बाटो कोरी हिँडिन् र हराइन्।

कोरी हिँडेको आशंका गरिएको यो नयाँ रूट निकै खतरनाक रहेको पर्यटकका गाइड बताउँछन्। स्थानीयका अनुसार नयाँ बाटो भनेर देखाइएको बाटोमा चौंरी पनि लडेर हराउँछ। सामान्य चिप्लिँदा समेत कुनै उद्धारको सम्भावना नभएको बाटो बिनागाइड हिँड्नै नहुने लेकसाइडस्थित इथिकल ट्रेकिङ नेपालका गाइड दीलिप आचार्यले बताए।

यो पदमार्गमा यात्रा गर्दा पर्यटक झुक्किन सक्ने ठाउँमा बाटो पहिल्याउने साइनबोर्ड र चिन्ह छैन। लालीगुराँसको घना जंगल काटेर हिमालमा पुगिने पदमार्ग पोखराबाट सबैभन्दा छोटो र सुन्दर रहेको पदयात्री बताउँछन्। कोरी यही नयाँ बाटोमा हराएको निष्कर्ष निकालेर गत वर्ष आमा जिन, उनका बेलायती श्रीमान् र खोजकर्ता फर्किए। यतै कतै छुटेकी छोरीलाई जिनले कसरी बिर्सन सक्थिन् र! फेरी त्यही बाटो पछ्याउन गत नोभेम्बरमा जिन नेपाल आइन्। जीन र उनका श्रीमानको बूढो शरिरले ठाडै उकालो पदयात्रा हिँडे। कोरी हराएको भनिएको त्यही डरलाग्दो रूटबाट फर्किए।

‘मलाई भित्रैदेखि लाग्छ कि, मेरी कोरी यतैकतै हुनुपर्छ,’ जिनले पदयात्राबाट फर्किएपछि सेतोपाटीलाई भनिन्, ‘पदमार्गमा राखिएको तिबेतियन झण्डा भएकै ठाउँमा हामीले पनि तिबेतियन झन्डा फहरायौं, मेरी कोरी हिमालयको गहिराइमा शान्तिपूर्वक निदाऊन्।’

कोरीको खोजीका लागि नेपाली अधिकारीहरुबाट सोंचे जस्तो साथ नमिलेको उनको गुनासो छ। यस वर्षपनि कोरीलाई खोज्न आउने योजना रहेको जिनले बताइन्। ‘कोरीको खोजीका लागि नेपाली साथीहरूले धेरै सहयोग गर्नुभएका छ,’ उनले सेतोपाटीलाई भनिन्, ‘पक्कै पनि अबको खोजीमा भेटिन्छ कि!’

आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.