सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेकी नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी भाबुक हुदै फर्किएकी छिन।
आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेकी अन्जली अधिकारी अनिताको आवाजमा जव गलबन्दी गीत सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भईन।
अमेरिकामा बस्ने समाजसेवी माया अधिकारीको जन्म दिनको अवसरमा अन्जली अधिकारीलाइ सहयोग रकम हस्तान्तरण गर्न अनुरोध गर्दै १ लाख ५० हजार पठाउनु भएको थियो।