सीता सुवेदीले बजारमा ल्याइन बास्ना (भिडियो सहित )
गीतकार सीता सुवेदीले हालै बजारमा ल्याएको गीत बास्ना अहिले नेपाली गीत संगीतको बजारमा निकै चर्चित बन्दै गएको छ । विशाल पौडेलको संगीत रहेको बास्नामा चर्चित एवं सुमधुर स्वरका धनी गायक राज सिग्देलले स्वर दिएका छन् । नारायण आचार्य (सौगात)ले खिच्नु भएको उक्त भिडियोलाई आशिष अविरलले एजेन्ज गर्नुभएको हो ।
प्रविण भण्डारीको निर्देशन, अमृत राना को कोरियोग्राफि मा बनेको उक्त भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गर्नुभएको हो । बास्नामा केशव बस्नेत र कल्पना पोखरेलले उत्कृष्ट अभिनय रहेको छ ।