अहिलेको समयमा इन्टरनेट संसार भर विधमान छ । यो एक यस्तो माध्यम हो जसले संसारको हरेक जानकारी वा रमाइलो मात्र प्रदान गर्दैन कहिलेकाहीँ हाम्रो प्रेरणा तथा मानवता सिकाउछ । यस्तै एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भाइरल भिडियोमा एक व्यक्तिले आफ्नो ज्यानलाई जोखिममा पार्दै एक पंक्षीको उद्धार गरेको देखिन्छ । भिडियोमा ती व्यक्तिले गरेको उद्धारलाई धेरैले प्रशंसा गरेका छन् । ती व्यक्तिले बिजुलीको तारमा अल्झिएको एक पंक्षीलाई उद्धार गरेको देखिन्छ । यदि समयमा उद्धार नभएको भए सो पंक्षीको ज्यान समेत जान सक्थ्यो ।
बिजुलीको तारमा पखेटा अल्झिएर एउटा चरा निकै बेरदेखि फट्पट्टाइरहेको हुन्छ । सम्भवत उसलाई करेन्ट समेत लागेको हुनसक्छ ।
यसैबीच एक हेलिकप्टर त्यहाँ आउँछ र त्यसमा रहेका एक व्यक्तिले हेलीकप्टरको स्टैण्डमा बसेर पंक्षीको प्राण बचाउँछन् ।
https://twitter.com/i/status/1468613879412387842