नवलपुर : नरभक्षी बाघले आतंक मच्चाएपछि विगत ५ दिन देखि खोजी सुरु गरिएको छ । नवलपुरमा बाघले आतंक मच्चाएपछि गत पौष २८ गतेबाट बाघको खोजी सुरु गरिएको भएपनि पत्ता लाग्न सकिरहेको छैन ।
बिगत डेढ महिना देखि आतंक मच्चाएको बाघको आक्रमणमा विनयी त्रिवेणिको दुम्किबास, मध्यविन्दुको आरुणखोला आसपास परेर २ जनाले ज्यान गुमाएका छ्न भने १ जना घाईते भएका छ्न । बाघको आतंक बढेसंगै स्थानीयहरु वनमा चौपाय चराउन, सालको पात टिप्न जान छोडेका छ्न भने पुर्व पश्चिम महेन्द्र राजमार्ग भएर दुई पांग्रे सवारी साधनमा यात्रा गर्नेहरुमा पनि त्रासको अवस्था देखिएको छ ।
विनयी त्रिवेणीको विनयी सामुदायिक वनबाट चितवन राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती र ९ जना प्राविधिकको सहयोगमा नरभक्षी बाघको खोजी सुरु गरिए पनि बाघको अवस्था बारे यकिन भन्न नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताउनुभएको छ ।
विनयी त्रिवेणीको होङ्गसी सिमेन्ट भन्दा केही पर जोडी बाघ (भाले पोथी)को पाईला देखिएको भए पनि त्यो पाईला नयाँ या पुरानो हो त्यो विषयमा अध्ययन भैरहेको उहांले बताउनुभयो ।
हात्ती परिचालन भए पछि जोडि बाघ माथी माथी गैरहेको टोलिले नोटिस गरेको घिमिरेले बताउनुभयो ।
“हात्ती परिचालन भए पीछ बाघको भाले पोथी माथी माथी जाँदै गरेको अवस्थामा पाईला भेटिएको टोलिले देखे पछि थप अध्ययन सुरु गरिएको छ”, घिमिरेले भन्नुभयो ।
बाघको खोजी कार्य आफैमा जोखिम युक्त र खर्चिलो समेत हुने सहायक संरक्षण अधिकृत घिमिरेले बताउनुभयो । “जोखिम त धेरै नै छ, खर्चिलो पनि छ, ३ वटा हात्ती र ९ जना प्राविधिकको खर्च दैनिक रुपमा ४२ हजार आसपास खर्च हुन्छ,” घिमिरेले बताउनुभयो ।