चितवन : चितवनमा आधारभुत पत्रकारिता तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । मिडिया नेपाल चितवनको आयोजनामा दुई दिने कार्यक्रम आज(विहिवार)बाट सुरु भएको हो ।
मिडिया नेपाल चितवनका उपाध्यक्ष तिलक पौडेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा केन्द्रीय सदस्य शङकर निर्देशले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा राप्रपा चितवनका वरिष्ठ उपाध्यक्ष चेतनाथ वाग्ले, पत्रकार महासङघका केन्द्रीय सचिव सृजना अर्याल, पत्रकार महासङघका अध्यक्ष नारायण अधिकारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम मिडिया नेपाल चितवनकी अध्यक्ष समीक्षा पुरीको अध्यक्षता र राप्रपा केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद रिना गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।