केही समय अघि कपुर बम र ललिता बिक को घटनाले सामाजिक संजालमा निरै चर्चा पाएको थियो । वैदेशिक रोजगारीमा कतार गएका कपुर बम र ललिता बिक को कतार मै भेट भएको थियो । कतार मै रहेका उनिहरु बिच प्रेम सम्बन्ध भए पछि ललिता ग’र्भव’ती बनिन् । ललिता गर्भवती बनेको थाहा पाए पछि कतारबाटै कपुर ब’म ललितासगँ सम्पर्क बिहिन भएका थिए । गर्भवती बनेकी ललिता नेपाल आइन । उनले नेपाल आएर कपुर ब’म को खोजिका लागि मिडियामा आएकी थिइन ।
कतारमै कपुरले आफुहरु नेपाल गएर बिबाह गर्ने भनेपछी उनिहरु सगै बस्दै आएका थिए । तर ललिता गर्भवती भए पछि भने कपुर ललितालाई छोडेर फ’रा’र भएका हुन । ललिता मिडियामा आए पछि उक्त घटनाले निकै चर्चा पाएको थियो । तिनै ललिताले अहिले छोरा जन्माएकी छिन । आर्थिक अवस्था पनि निकै कमजोर भएको ललिताको परिवार अझै कपुरको खोजी गरिरहेको छ । ललिताका बुबाले भने नाति जन्मिएकोमा खुशी लागेता पनि अब नातिलाई पढाउन लेखाउन कै समस्या हुने बताए
लालिताको बिहेदर्ता नभएकोले गर्दा अब नातिको कसरी जन्मदर्ता बनाउने भन्ने अहिले समस्या भएको ललिताका बाबुले बताए । स्कुलमा पढाउन पनि जन्मदर्ता चाहिने भन्दै अब कस्को छोरा भन्ने हो त्यो नै समस्या भएको उनको भनाई रहेको छ । ललिता कतारबाट फर्किएर नेपाल आए पछि मिडियामा आएकि थिइन् । त्यसपछी सम्पर्कमा आएका कपुर बम आफू दशैँ पछि ललिताको घर आउने बताएका थिए । तर तिहार सकिदाँ सम्म उनी आएका छैनन् ।
उनी आउनेको त कुरै छोडौँ अहिलेसम्म एक पटक पनि सम्पर्क नगरेको ललिताका बुबाले बताए । अहिले ललिता र उनको बच्चालाई कपुर बमको आवश्यकता भएको उनी बताउँछन । आफ्नो पनि आर्थिक अवस्था कमजोर भएकोले सुत्केरी छोरी र नातिलाई कसरी पालनपोषण गर्ने भन्ने नै आफुलाई चिन्ता भएको उनको भनाई रहेको छ । मुगु जिल्ला घर भएका कपुर अहिले आफू घर मै भएको र दशै पछि आउने बताएका थिए । तर त्यस पछि कुनै खबर अहिलेसम्म गरेका छैनन ।
आफुले प्रहरी र वार्डमा पनि कुरा राखेको र आफुहरु खोजी गर्ने उनिहरुले बताएको ललिताका बाबुको भनाई रहेको छ । कपुर बमले पहिले पनि बिबाह गरिसकेको खुलेको थियो । साथै उनको घरमा जेठी श्रीमती छिन । तर कपुरले भने आफू मिलाए राख्ने भनेता पनि उनको घरमा अन्तर्जातिय बिबाह गरेकोले त्यहा आफ्नी छोरिलाई कपुरको परिवारले नस्विकार्ने भन्दै आफू मुगु छोरिलाई पठाउन नसक्ने ललिताका बाबुको भनाई छ । आफू मिलेर बस भनेर नभन्ने उनको भनाई छ । छोरिको इच्छा के छ त्यो उसैले भन्नू पर्ने उनको भनाई छ । तर आफू भने कपुरको घर नपठाउने र कपुरले छोरी र नातीको अधिकार दिनु पर्ने उनको भनाई छ । (भिडियो हेर्नुस)



