चितवन २ मंसीर
यस वर्षको उत्कृष्ट पञ्चेबाजाको गीत “लगनको माला” सार्वजनिक भएको छ । खुमन अधिकारी र देवी घर्ती मगरको स्वरमा यस वर्षको मौलिक पन्चे बाजा लगनको माला उत्कृष्ट भिडियो लोकप्रिय संगित युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
नेपालमा रहेर निरन्तर संगीत साधनामा लागिरहेका कलाकारहरु र केही नबआगन्तुक कलाकारहरुको सहकार्यमा पञ्चेबाजा बजारमा आएको हो । राजकुमार तिवारीको सब्द संगीत रहेको गीतमा बिगत केही बर्षदेखी जापानमा रहेर काम गरिरहेका गोबिन्द सापकोटा र नेपालमै रहेर अभिनयमा रुचि राख्ने सुष्मी कंडेलले दुलाहा र दुलहीको अभिनय गरेका छन् ।
लोकप्रिय संगीत प्रालीको युट्युब च्यानल मार्फत बजारमा आएको गीत चितवनका बिभिन्न स्थानमा स्थानमा छायांकन गरिएको हो । गोपाल सापकोटाले निर्देशन गरेको गीतको दृश्य सम्पादन रोशन धितालले गरेका छन् ।
गीतलाई सफलताको शुभकामना ।