×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ८. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ९. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ भोजपुर


भोजपुर, २ असोज । पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका छन् ।

दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत् आयोजनाको गृह कक्ष तत्कालिन माओवादी विद्रोहीले भत्काइदिएपछि लामो सयम भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो बाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन ।

मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुप काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइन विस्तारको पहल थलिएको हो । त्यो अवधिमा छिटफुटरुपमा पेल्टीसेट, ससाना विद्युत् आयोजना सञ्चालनमा थिए । ग्रामीण भेगका अधिकांश स्थानीयले भने सोलार सेट, टुकीबत्ती, दियालोलगायत बालेर आफ्नो जनजीवन चलाउँदै आएको अवस्था थियो । भोजपुरको विद्युत्को इतिहास बोकेको सो विद्युत् गृह भने हाल बन्द छ ।

हिले(भोजपुर ३३ केभी राष्ट्रिय प्रसारणलाइन विसं २०६७ कात्तिक १९ देखि भोजपुरमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका ५० दशमलव ३३ प्रतिशत जनता मात्र लाभान्वित छन् । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । काममा ढिलाइ हुँदा विद्युत् प्रावधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट देखिएका छन् ।

केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पुर्‍याउने कोसिस भइरहेको छ । पूणर्रुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबै भन्दाबढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । बाँकीले स्थानीयस्तरमा उत्पादन भएको विद्युत् उपभोग गरिरहेको गाउँपालिकाले जनाएको छ । ती स्थानमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको गाउँपालिकाको भनाइ छ ।

यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । यी दुई स्थानीय तहमा पनि पूणर्रुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ । यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत् तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ । भोजपुर नगरपालिकाका सबै वडामा विद्युत् पुगेको भए पनि केही केही वडाका घरपरिवारमा विद्युत् पुग्न केही समय लाग्ने भोजपुर नगरपालिका उपप्रमुख ममिता राईले जानकारी दिनुभयो ।

पौवादुङमा गाउँपालिकाको केही वडामा केन्द्रीय प्रसारणलाइन सञ्चालनमा रहेको भए पनि पूणर्रुपमा विस्तार भएको छैन । यो गाउँपालिकाका सबै क्षेत्रमा केन्द्रीय लाइन विस्तारका लागि बोलपत्र आह्वान भएर काम थालनी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र तीन हजारभन्दा बढी घरपरिवारको बसोबास छ । गाउँपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारका लागि ठूलो बजेट लाग्ने भएपछि दुर्गम क्षेत्रका स्थानीयवासीलाई लक्षित गरेर सौर्यबत्तीलगायत सामग्री वितरण गर्दै आएको छ । अहिले गाउँपालिका केन्द्र च्याङ्गे्रको केही भाग, वडा नं २ तिवारी भञ्याङको करिब ७० प्रतिशत, वडा नं १ श्यामशीला र वडा नं ५ सानोदुम्माको केही भागमा मात्र विद्युत् विस्तार भएको छ ।

उपप्रमुख राईले भन्नुभयो, “पटकपटक काठमाडौँमा पुगेर विद्युत् विस्तारका लागि बोलपत्र आह्वान गरेर कामको थालनी गर्न त सफल छौँ । ठेकेदारले केही वडामा पोल ल्याएर खसालेको छ, तर पछिल्लो समयमा आएर काममा प्राधिकरणका कारण बाधा पुगेको अवस्था छ । प्राधिकरणले सामान दिन आनाकानी गरेपछि ठेकेदारले काम अगाडि बढाउन सकेको छैन । म आफैँ प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर यस विषयमा जानकारी गराउँदा समेत कामअघि बढ्न सकेको छैन । यसतर्फ प्राधिकरणको ध्यान जान आवश्यक छ ।”

गाउँपालिकामा विद्युत् विस्तारका लागि रु चार करोड ४० लाखको बोलपत्र आह्वान गरेर कामको थालनी गरेको विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । त्यो रकममध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामका लागि रु ९९ लाख ५३ हजार ६३३ खर्च हुने कार्यालयको भनाइ छ ।

हतुवागढी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तार भए पनि लक्ष्यअनुसारको काम हुन नसकेको गाउँपालिकाको भनाइ छ । हालसम्ममा केन्द्रीय लाइन गाउँपालिका केन्द्र र आसपासका क्षेत्रमा वितरण भएको छ । केन्द्रीय लाइनले दुई वटा वडाका करिब ५०र५० प्रतिशत जनताले उपभोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई जानकारी दिनुभयो । षडानन्द नगरपालिकाका करिब केन्द्रीय र स्थानीय गरी ७० प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको उपप्रमुख मेरिका राईले जानकारी दिनुभयो । यहाँ १४ वटा रहेका छन् । सबै वडामा भने पूणर्रुपमा विद्युतीकरणका लागि काम भइरहेको नगपालिकाले जनाएको छ ।

साल्पासिलिछो गाउँपालिकामा पनि केन्द्रीय प्रसारणलाइन विस्तारको थालनी भएको छ । अन्य स्थानीयको तुलनामा यहाँ काम ढिला सुरु भएको हो । वडा न १ र २ कुलुङसम्म केन्द्रीय लाइन विस्तार भएर परीक्षण भइरहेको गाउँपालिकाल अध्यक्ष महेश राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य स्थानीय तहमा पनि केन्द्रीय प्रसारणलाइन विस्तार सुरु भएको छ । अन्य स्थानीय तहको तुलनामा यहाँ काम पछि सुरु भएको हो । असोजसम्ममा गाउँपालिका केन्द्र चौकी डाँडासम्म विस्तार गर्ने हाम्रो लक्ष्य छ ।”

केही समयअघिबाट मात्र केन्द्रीय लाइन विस्तार भएकाले यहाँका स्थानीय स्थानीयस्तरमा उत्पादन भएको विद्युत्लाई प्रयोग गर्दै आएका छन् । यहाँ आठ वटाको हारहारीमा पेल्टी सेट जडान गरेर विद्युत् निकालिएको अध्यक्ष राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार यहाँका करिब ५० प्रतिशत जनता विद्युत्को पहँुचमा रहेका छन् । त्यस्तै दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिकामा सबैभन्दा कम चार प्रतिशत मात्र जनता विद्युत्को पहँुचमा रहेका छन् । यहाँ केन्द्रीय विद्युत् विस्तारका लागि चार वर्षअघिबाट कामको थालनी गरिएको भए पनि प्रगति नभएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “चार वर्षअघिबाट हाम्रो क्षेत्रमा विद्युत् विस्तारको काम सुरु भएको छ । पहिलो पटक गरिएको बोलपत्रबाट हतुवागढीको घोडेटारबाट खम्बा र तार टाङ्ने काम भयो । त्यसपछि पुनः दोस्रो पटक पुनःकरिब अढाइ करोडको टेन्डर आह्वान भयो । त्यसले पनि काम सके भनेर गयो । फेरि अन्तिममा पौने तीन करोड जतिको टेन्डर आह्वान भएको भन्ने सुनेको छु । काम भएको छैन् । नौ वटा स्थानीय तहमध्ये केन्द्रीय लाइन विस्तार नभएको स्थानीय तह हाम्रो मात्र हो ।” अरुण गाउँपालिकामा पनि केही ठाउँमा विद्युत् विस्तार भए पनि पूणर्रुपमा विद्युत् सेवा पुग्न सकेको छैन् ।

थपिँदैछन् जलविद्युत् आयोजना

भोजपुरमा पनि जलविद्युत्का क्षेत्रमा लगानी बढिरहेको छ । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

इष्टर्नबाट पाँच र टक्सार पिखुवा खोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेगावाट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख सुधीरकुमार रायले जानकारी दिनुभयो । यी विद्युत् गृहबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

उत्तरी क्षेत्रमा अवस्थित चिर्खुवा खोला अपर र लोअर दुई वटा आयोजना निर्माण भइरहेका छन् । चार दशमलव सात मेगावाटको अपर चिर्खुवाको काम ६० प्रतिशत काम सकिएको निर्माण कम्पनीका सहायक लेखापाल रविन बुढाथोकीले जानकारी दिनुभयो ।

यसको पाइपलाइन तीन किलोमिटर रहेको छ । त्यस्तै चार दशमलव छ मेगावाटको लोअर इर्खुवाको पनि काम सुरु हुने चरणमा रहेको लेखापाल बुढाथोकीको भनाइ छ । त्यस्तै जिल्लाको सबैभन्दा ठूलो इर्खुवा खोला जलविद्युत् आयोजनाको काम पनि तीव्रगति भइरहेको छ । १५ मेगावाट क्षमता रहेको यो आयोजना दुई वर्षअघिबाट सुरु भएको हो । दुई दशमलव पाँच किलोमिटर पाइपलाइन भएको यस आयोजनाको दुई दशमलव तीन किलोमिटर पाइपलाइन सुरुङ रहेको छ ।

सोही खोलामा १५ मेगावाट क्षमताको अपर इर्खुवा खोला आयोजना निर्माणको तयारी भइरहेको लगानीकर्ताले बताएका छन् । त्यस्तैगरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सिमानामा पर्ने श्याम खोलाबाट पनि सात मेगावाट क्षमताको विद्युत् आयोजना सञ्चालनको तयारी भइरहेको छ ।

शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • २.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ३.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ४.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ५.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.