चितवन,३० भदौं । चितवनमा जारी निषेधाज्ञा १५ दिन थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप्ने निर्णय गरेको हो । पछिल्लो निषेधाज्ञा ३२ गते राति १२ बजे सकिदैछ ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार व्यवसायीहरुसँग समन्वय गरेर कोभिड १९ संक्रमण नहुने सुनिश्चितता सहितको मापदण्ड तयार भएपछि मात्रै सिनेमा हल सञ्चालन बारे निर्णय गरिनेछ । काठमाडौंमा सिनेमा हल खोल्न दिइए पनि चितवनमा भने अझै अनुमति दिइएको छैन ।
यस्तै उद्योग, व्यवसाय सञ्चालन गर्दा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ । अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको अनुगमन समितिको सिफारिसमा त्यस्ता उद्योग व्यवसाय आदेश अवधिभर बन्द गरी कारबाही गरिने समेत सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।
यसबाहेकका अन्यको हकमा भने यस अघि कै आदेशलाई निरन्तरता दिइएको उनले बताए ।