चितवन, २८ भदौ । चितवनमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । टेलिकमको प्रिपेड तथा पोष्टपेड मोबाइलमा समस्या देखिएको हो ।
टेलिकमले वितरण गरेको मोबाइलमा अहिले बिहान ११ः०५ बजेटबाट नेटवर्कमा समस्या आएपछि सेवाग्राही समस्यामा परेका छन् । नमस्ते मोबाइलको नेटवर्क नै नदेखिएको सेवाग्राहीहरुको गुनासो छ । यस विषयमा टेलिकमको भरतपुर कार्यालयमा सम्पर्क गर्नखोज्दा टेलिकमकाे ल्याण्डलाइमा पनि सम्पर्क हुन सकेको छैन ।
एक सेवाग्राहीले नेपाल टेलिकमकाे सबै नेटवर्कमा समस्या देखिएकाे गुनासाे गरेका छन् ।