काठमाडौँ,२८ भदौ । नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तय भएको छ।
अभिनेत्री तथा निर्देशक झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजूर ४’ चैत २५ गते प्रदर्शन गर्ने निर्माण टोलीले जनाएको छ। यसभन्दा अगाडि चलचित्रलाई भदौ १८ गते प्रदर्शन गर्ने बताइएको थियो। कोरोना महामारीले प्रभावित बनेको कारण चलचित्रको प्रदर्शन मिति सारिएको हो।
चलचित्रको छायाँकन सकिईसकेको निर्माण टोलिले जनाएको छ। यो चलचित्रमा सुहाना थापा, अनमोल केसी सँगै सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ। अनमोल र सुहानाको जोडी दोस्रो पल्ट जोडिएको हो। यसअघि ‘ए मेरो हजुर–३’मा पनि अनमोल र सुहानाको जोडी थियो।