• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

बागमतीमा २३ प्रतिशतले लगाए कोरोनाविरुद्धको दुवै मात्र खोप

मकवानपुर,२७ भदौ । बागमती प्रदेशका २३ प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको दुवै मात्रा लगाएका छन् । प्रदेशको १३ जिल्लाका विभिन्न खोप केन्द्रहरूबाट १८ वर्षमाथिका कुल जनसख्या मध्ये २३ प्रतिशत अर्थात् १८ लाख ६५ हजार ३ सय ८७ जनाले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका हुन् ।

प्रदेशका १८ वर्ष भन्दा माथिका ३२ लाख ८३ हजार ९ सय ३३ जना अर्थात् ५६ प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको कुनैपनि खोप लगाएका छैनन् ।

प्रदेशका ३ लाख ४७ हजार १ सय ११ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, ११ लाख ७० हजार ८ सय ६२ जनाले भेरोसेल र ३ लाख ४७ हजार ४ सय १४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

काठमाडौंका ७ लाख ३३ हजार ३ सय ६० जनाले कोरोना विरुद्धको पूर्ण खोप सेवा लिएका छन् । काठमाडौंका १ लाख ३९ हजार ५१ जनाले कोभिसिल्ड, ५ लाख ९४ हजार १ सय २८ जनाले भेरोसेल र १ लाख ५६ हजार २५ जनाले जोन्सन खोप लगाएका छन् ।

ललितपुरका २ लाख २२ हजार २ सय ३३ जनाले कोरोना विरुद्धको खोपको दुवैमात्रा लगाएका छन् । ललितपुरका ३२ हजार २ सय ३३ जनाले कोभिसिल्ड, १ लाख ५६ हजार ७ सय ५९ जनाले भेरोसेल र ३३ हजार २ सय ४१ जनाले जोन्सन खोप लगाएका छन् ।

भक्तपुरका १६ हजार ४ सय ८८ जनाले कोभिसिल्ड, १ लाख १९ हजार ७ सय १९ जनाले भेरोसेल र १९ हजार ६ सय ८९ जनाले जोन्सन गरी कुल १ लाख ५५ हजार ८ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

रसुवाका २१ हजार ५४ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । जसमध्ये ३ हजार ७० जनाले कोभिसिल्ड, १५ हजार ९ सय ८४ जनाले भेरोसेल र २ हजार जनाले जोन्सन खोप लगाएका छन् ।

नुवाकोटमा कोरोना विरुद्धको खोप लगाएका ५६ हजार ५ सय ४३ जना मध्ये १८ हजार ७ सय ८५ जनाले कोभिसिल्ड, २५ हजार ९ सय ७५ जनाले भेरोसेल र ११ हजार ७ सय ८३ जनाले जोन्सन खोप लगाएका छन् ।

धादिङका १२ हजार ७ सय १० जनाले कोरोना विरुद्धको कोभिसिल्ड, २४ हजार ७ सय ९ जनाले भेरोसेल र १५ हजार २ सय ८ जनाले जोन्सन गरी कुल ५२ हजार ६ सय २७ जनाले खोप लगाएका छन् ।

चितवनका ३६ हजार २ सय ५ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, ७८ हजार ४ सय ८८ जनाले भेरोसेल र ३६ हजार ५ सय ३७ जनाले जोन्सन गरी कुल १ लाख ५१ हजार २ सय ३० जनाले खोप लगाएका छन् ।

सिन्धुलीका ६ हजार ३ सय जनाले कोरोना विरुद्धको कोभिसिल्ड, १४ हजार १ सय ६ जनाले भेरोसेल र ११ हजार ९७ जनाले जोन्सन गरी कुल ३१ हजार ५ सय ३ जनाले खोप लगाएका छन् ।

मकवानपुरका १० हजार ५९ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, १४ हजार ३ सय जनाले भेरोसेल र ५ हजार ९ सय २३ जनाले जोन्सन गरी कुल ३० हजार २ सय ८२ जनाले खोप लगाएका छन् ।

रामेछापका ३० हजार ३ सय ३४ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, २३ हजार ९ सय ९८ जनाले भेरोसेल र १७ हजार २४ जनाले जोन्सन गरी कुल ७१ हजार ३ सय ५६ जनाले खोप लगाएका छन् ।

दोलखाका ८ हजार ५ सय ५४ जनाले कोभिसिल्ड, १८ हजार ४ सय जनाले भेरोसेल र ५ हजार ३ सय २५ जनाले जोन्सन गरी कुल ३२ हजार २ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

काभ्रेका २१ हजार १ सय ९३ जनाले कोभिसिल्ड, ५८ हजार ६ सय ६४ जनाले भेरोसेल र २१ हजार ६ सय ३९ जनाले जोन्सन गरी कुल १ लाख १ हजार ४ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

सिन्धुपाल्चोकका १२ हजार १ सय २९ जनाले कोभिसिल्ड, २५ हजार ६ सय ३२ जनाले भेरोसेल र ११ हजार ९ सय २३ जनाले जोन्सन गरी कुल ५९ हजार ६ सय ८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

बागमतीका ३९ प्रतिशतले अझै पाएनन् कोभिसिल्डको दोस्रो मात्रा

बागमती प्रदेशमा अझै ३९ प्रतिशत व्यक्ति कोरोना विरुद्धको काभिसिल्डको खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

गत वर्षको माघबाट सुरुभएको खोप अभियानके विभिन्न चरणहरुमा कोभिसिल्ड खोप लगाएकाहरु मध्ये अझै ३९ प्रतिशत व्यक्ति खोपको पर्खाइमा रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशका १३ जिल्लाका कुल ५ लाख ६७ हजार ८ सय २६ जना कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुमध्ये ३ लाख ४७ हजार १ सय ११ जनाले मात्र कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएका छन् । अर्थात् प्रदेशमा कोभिसिल्ड खोपको पहिलो मात्रा गरिएकाहरुमध्ये ६१ प्रतिशत व्यक्तिले मात्र दोस्रो मात्रा प्राप्त गरेका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंका ४७ प्रतिशत, ललितपुरका २२ प्रतिशत, भक्तपुरका २५ प्रतिशत, रसुवाका ५५ प्रतिशत, नुवाकोटका ३४ प्रतिशत, धादिङका ४८ प्रतिशत, चितवनका २६ प्रतिशत, सिन्धुली ४७ प्रतिशत, मकवानपुरका ५६ प्रतिशत, दोलखाका ३१ प्रतिशत, काभ्रेका ३५ प्रतिशत र सिन्धुपाल्चोकका ६८ प्रतिशत व्यक्तिले कोभिसिल्ड खोपको दोस्रो मात्रा पाएका छैनन् ।

रामेछापमा भने पहिलो मात्रा लगाएका भन्दा ६८ प्रतिशत बढी व्यक्तिले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएका छन् ।

आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.