• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

माओवादी केन्द्रबाट मन्त्री बन्नेको सूचीमा ‘पहिलो महिला छापामार’ रोकाको चर्चा

नेकपा माओवादी केन्द्रबाट गठबन्धन सरकारमा पठाउने मन्त्रीहरुमा आकांक्षीको संख्या धेरै भएपछि कसलाई पठाउने भन्ने विषय पेचिलो बन्ने देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैले सरकारमा मन्त्रीहरुको नाम पठाउन अत्यन्तै सकस पर्ने संभावना देखिएको स्विकार गरिसकेका छन् । तर, माओवादीमा मन्त्रीहरु छान्न सजिलो हुने भने देखिन्न ।

माओवादी केन्द्रबाट मन्त्री हुनेको सूचीको अग्रपंक्तिमा रुकुम पूर्वबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य कमला रोकाको पनि चर्चा हुन थालेको छ । ​

माओवादी केन्द्रमा प्रत्यक्ष निर्वाचित सांसदमध्ये अहिले मन्त्री नबनेकी नेतृ रोका मात्रै हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित बीना मगर यसअघि एमाले माओवादी केन्द्रको पर्टी एकता भई बनेको पार्टी नेकपा हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनिसकेकी छन् । भने, ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट पम्फा भुसाल अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उर्जामन्त्री छन् ।

माओवादी जनयुद्धमा विभिन्न मोर्चामा संलग्न रहेकी रोकाको पनि देउवा नेतृत्वको सरकारमा मन्त्रीको सूचीमा पठाउने नाममा चर्चामा छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत रोकाको बारेमा सकारात्मक रहेको जनाइन्छ ।

२०३२ साल पुस १५ गते रुकुमको प्वाँङमा अति दुर्गम मगर किसान परिवारमा जन्मिएकी रोका माओवादीले थालेको १० वर्षे जनयुद्धको पहिलो महिला छापामार समेत हुन् । माओवादी जनयुद्धमा विभिन्न मोर्चामा अग्रपंक्तिमा लडेकी उनी जनमुक्ति सेनाको ब्रिगेट कमिसार समेत थिइन् । यस्तै, माओवादीले जनयुद्धको सुरुवात गरेको दिन २०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चाैकी आक्रमणको क्रममा पहिलो महिला छापामारको रुपमा समेत सहभागी भएकी थिइन् । कथा तथा निबन्ध लेख्ने उनी अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र ‘सारी सोल्जर’मा रहेका पात्रहरूमध्ये एक हुन् ।

‘लुम्बिनी प्रदेशको एकमात्र विकट हिमाली जिल्ला मात्रै नभएर कान्छो जिल्ला पनि भएकाले जिल्लाको सर्वाङ्गीन विकासका निम्ति रुकुम पूर्वले एक पटक मन्त्री पाउँदा ठिक हुन्छ भन्ने मत पार्टीमा पनि बलियो बन्दै गएको छ । महिलामा प्रत्यक्ष निर्वाचित पार्टीका तीन सांसदमा उहाँ मात्रै मन्त्री नबनेकाले पनि यो पटक माैका दिनुपर्छ भन्ने मत पार्टीमा बलियो र पेचिलो बनेको छ । यद्यपी पार्टीले के निर्णय गर्छ आजै भन्न सकिने अवस्था भने छैन्’, रुकुम पूर्वका एक नेताले भने ।

पार्टी संगठनको काममा जिल्ला भ्रमणमा रहेकी सांसद रोकाले भने पार्टीले न्यायोचित निर्णय गर्नेमा आफू आशावादी रहेको जनाइन् । ‘पार्टी संगठनको कामको सिलसिलामा जिल्लामा छु । पार्टीले जिम्मेवारी दिएको खण्डमा जस्तोसुकै भूमिका निभाउन तयार छु’, संक्षिप्त कुराकानीको क्रममा लुम्बिनी भ्वाइससँग रोकाले भनिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरुसंग मन्त्रीको नामावली छिटो दिन आग्रह गरिसकेका छन् । अबको केहिदिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने गरेर तयारी थालिएपछि मन्त्री को को बन्ने भन्नेबारे छलफल सुरु भइसकेको जनाइएको छ ।

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.