यी हुन हिम्मतवाला वडा अध्यक्ष , नेपाल-भारत बोर्डरमा लगाए तारबार , के भन्छ भारत
प्रदेश नम्बर २ का एक वडाध्यक्षले नेपाल भारत सीमामा तारबार लगाइदिएका छन् । प्रदेश नम्बर २ को पर्सा जिल्लास्थित ठोरी गाउँपालिकाका एक वडाध्यक्षले तारबार लगाएका छन् ।
लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँ’डेतार लगाउनुपर्ने भन्दै वि’रोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्य बहादुर लामाले भारतसँग जोडिएको सीमा क्षेत्रमा तारबार नै लगाइदिएका छन् ।
भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिलर नम्बर ४३५–१ देखि ४३१–४ सम्मको करिब ५ किलोमिटरको दूरीमा तारबार लगाएका हुन् ।वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र
ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए ।को’रोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ ।
यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकामा भारतीय पक्षको अ’वरोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ ।सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् ।
‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दु’ख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले भने, ‘भारतीय पक्षले विवाद गराएर अ’वरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो ।त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’
वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँ’डेतार लगाएको जानकारी दिए । २०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् ।