चितवन, भदौ २३ –
लियो क्लव अफ भरतपुर युथले भरतपुरका यौनिक तथा लैंगिक सिमान्तकृत समुदायलाई आर्थिक सहयोग गरेको छ ।
क्लवले आज बुधबार नारायणी नदी किनारमा एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग गरेको हो ।
लियो क्लव अफ भरतपुर युथका अध्यक्ष गौरव उपाध्यायले ६६ जनालाई प्रतिव्यक्ति नगद ३ हजार रुपैयाँसहित एकएक पोका मास्क वितरण गरिएको जानकारी दिए ।
क्लवका ब्राण्ड एम्बेष्टर डा सुवास बस्नेतले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु प्रति सम्मान गर्न आवश्यक रहेको सन्देश दिन सहयोग गरिएको बताए ।
यौनिक तथा लैंगिक अल्पसंख्यकलाई घरपरिवारले बहिस्कार गरेर बाहिर आएर बस्नु परेको अवस्थामा उनीहरुलाई तीजको बेला केही भए पनि राहत मिलोस भनेर सहयोग गरेको उनले बताए । सानोमा राम्रै भएका बालबालिका पछि गएर यौनिक तथा लैंगिक सिमान्तकृत हुन सक्ने उनले बताए ।
विजय खनालको संयोजकमा रहेको बे एरिया नेप्लिज कम्युनिटी इन फ्रेमन्ट युएसए मा संगठित व्यत्तिहरु र सुदिप भट्टराईको विशेष आर्थिक सहयोगमा यो कार्यक्रम गरिएको डा बस्नेतको भनाइ छ ।
मानव चेतना समाज (ह्रयुमन कन्सेन्स सोसाइटी) नेपालले कार्यक्रममा लैंगिक तथा सिमान्तकृत समुदायमाथि नेतृत्वदायी भूमिका खेलेको थियो ।
यसअघि गत असारमा निषेधाज्ञाका बेला पनि क्लवले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई खाद्यान्न सहयोग गरेको थियो ।