आफ्नै दाजुको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् ।उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित डेरा गरी बस्ने रतनलालले आफ्नै दाजु ५० वर्षिय भाद्रु राजवंशीको शनिबार राति कुटेर हत्या गरेका थिए ।लिटल फ्लावर्स स्कुल छेउमा खेमप्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने अटो चालक रतनलाल आफू सुत्ने कोठामा हिजो बिहान मृत फेला परेका थिए ।
उनको टाउको र अनुहारमा चोट थियो । घटनापछि रतनलाल आफ्ना ९ वर्षिय छोरा श्रीमन राजवंशीलाई साइकलमा लिएर भागेका थिए ।शनिवार राति १२ बजे दाजुभाइबीच सामान्य विवाद भएको थियो । उनले प्रहरीसमक्ष दाइको हत्या गरेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।मृतकका छोरा १५ वर्षिय देवनारायण राजवंशीले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो ।