• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

पसिना धेरै आउँछ ? यस्तो समस्या भएको हुन सक्छ


पसिनासित को परिचित छैन र ? सामान्यतया स्वस्थ जिउको लक्षण मानिने पसिनाले शरीरको तापक्रमलाई स्थिर राख्न मद्दत गर्छ । तर, अति पसिना आउनु रोग हो । ‘हाइपरहाइड्रोसिस’ (अति पसिना) नामक एउटा रोग छ, जसबारे यहाँ चर्चा गरिन्छ । समाजमा धेरैलाई यो समस्याले सताएको छ । जुनसुकै उमेर, क्षेत्र वा जातका मानिस यसबाट ग्रस्त हुन सक्छन् । कुनै पनि वेला अप्रत्याशित रूपले अति पसिना बग्नु यसको लक्षण हो । ‘सिम्प्याथेटिक नर्भ’ भनिने एककिसिमको छातीभित्रको स्नायुका नसाहरूको खराबीले गर्दा छालामा भएका पसिनाका ग्रन्थिहरू उत्तेजित भएर पसिना धेरै पैदा हुन्छ ।

यो रोगले हात, खुट्टा, काखी, अनुहारलगायत शरीरका केही भागमा ज्यादा असर गर्ने गर्छ । यो एककिसिमको वंशानुगत रोग हो । पसिना धेरै बग्नाले हातखुट्टा चिसो भइरहने, शरीरमा पानी र अरू तत्वको कमी हुन गई जलविनियोजन हुने र छालाको संक्रमण हुनेजस्ता समस्या हुन सक्छन् । यो रोग हो र यसको उपचार सम्भव छ भन्ने थाहा नपाउनाले यसबाट प्रभावित मानिसले आफ्नो जीवनशैली फेर्ने, काम बदल्ने वा कामै छोड्नेसम्म गरेको पाइएको छ । सामान्य कामसमेत गर्न नसक्ने अवस्थामा हुने, मानसिक तनावले पनि सताउने हुँदा सबै हिसाबले यो एक साधारण समस्या हो भनी मान्न सकिँदैन । तर, दुःखलाग्दो कुरा के छ भने अधिकांश स्वास्थ्यकर्मीसहित धेरैजसोलाई यसबारे चेतनाको कमीले गर्दा हाम्रो समाजमा यो रोगको पहिचान र उपचारमा अझै सन्तोषजनक उपलब्धि हात पर्न सकेको छैन ।
हातमा आउने अति पसिना सामान्यतया १४–१५ वर्षको उमेरमा सुरु हुन्छ र जीवनभर दुःख दिइरहन्छ । कहिले तनाव, डर, चिन्ता, उत्तेजना आदिले पसिना आउन थाल्दछ त कहिले विनाकुनै कारण नै । निम्न समस्या देखिएमा हातको अति पसिना हुन सक्ने कुरा विचार गर्नुपर्छ :

– हात पुछिरहने
– हात मिलाउन नखोज्ने
– लेख्न, टाइप गर्न, पैसा वा कागजपत्रको काम गर्न गाहो हुने÷नखोज्ने
-शृंगार गर्न वा कपडा लगाउन गा¥हो हुने
-कसैसँग हिमचिम बढाउन नचाहने
– छटपटी भइराख्ने र एकाग्र भएर बस्न नसक्ने
– बाजा बजाउन गा¥हो हुने/नखोज्ने

असिनपसिन भएको मान्छेलाई हामी डराएको वा हतास भएको ठान्छौँ । अब यो रोग लागेको व्यक्तिले अन्तर्वार्ता कसरी देला ? परीक्षा कसरी देला ? समूहमा छलफल गर्ने, बहस गर्ने कसरी गर्ला ? यसरी उसको पेसागत, शैक्षिक, व्यक्तिगत र सामाजिक उपलब्धिमै बाधा पुग्न सक्ने, उसको वृत्तिविकास र व्यक्तिगत सम्बन्धविकास नै कमजोर हुन जाने कुरा के कम भयावह छ ?
खुट्टाको अति पसिना बरु हत्तपत्त नदेखिन सक्छ, तर बिरामीलाई हुने समस्या त छँदै छ । जुत्ता–चप्पल चिप्लो हुने, खुट्टा गन्हाउने, खुट्टामा संक्रमण भई खुट्टा पाक्नेसम्मका समस्या झेल्नुपर्ने हुन्छ ।
काखी यसै पनि बढी पसिना आउने ठाउँ हो । यो रोग लागेपछि त अति हुने नै भयो । कसैलाई भने अनुहार, घाँटी वा तालुमा पसिना बगेर हैरानी हुन्छ । खाँदाखाँदै, कसैसित बोल्दाबोल्दै वा कहिले त भिडमा जानेबित्तिकै पसिनाको खोलो बग्न थाल्छ । भर्खर गरेको शृंगार लतपतिन्छ, शृंगार नगरेकै भए पनि अनुहार रातो भएर अप्ठ्यारो पार्न सक्छ ।
उल्लिखित समस्या वंशानुगत हुन् । तर, शरीरका अरू समस्याले पनि यो समस्या जन्माउन सक्छन्, जस्तै

-थाइराइडका रोगहरू
-विभिन्न संक्रमणहरू
– क्यान्सर/ट्युमर
-मोटोपन
-रजोनिवृत्तिका वेला
– चिनी रोग
– विभिन्न मानसिक समस्या, आदि ।

त्यस्तो स्थितिमा भने पसिनाको समस्याबाट मुक्ति पाउन मूल रोग नै ठिक हुनुपर्दछ । यसरी हेर्दा समस्या थुप्रै छन् । तर, समस्याको पहाड मात्र छैन, विज्ञानको प्रगतिले गर्दा विभिन्न उपचार पद्धति पनि उपलब्ध छन् ।

औषधि
समस्याग्रस्त भागमा लगाइने औषधिले पसिना–ग्रन्थिबाट पसिना उत्पादन केही हदसम्म कम गराउँछ, तर बिरामीले खासै फाइदाको अनुभव गरेको पाइँदैन । पसिना आउने ठाँउमा नै छालाभित्र दिइने ‘बोटोक्स’ नामको सुईले पनि पसिनाको उत्पादन नै कम गर्ने हो । पसिना आउने ठाउँमा (विशेषगरी काखीमा) १५–२० ठाउँमा सुई दिएपछि बिस्तारै सुधार हुन थाल्दछ । तर, यो उपाय झन्झटिलो छ र खर्चिलो पनि । एकपटक लगाएपछि ६ महिना मात्र काम गर्छ, अनि सुई लगाउँदा बहुत पीडा हुन्छ र कहिलेकाहीँ हात कमजोर (प्यारालाइसिस) पनि हुन सक्छ ।

शल्यक्रिया
सुरुमै भनियो, यो रोग छातीभित्र हुने एककिसिमको स्नायुको नसाको खराबीले हुने हो । त्यसैले यसको शल्यक्रिया त्यही नसाको शल्यक्रिया हो । काखीको मुनिपट्टि औँलो छिर्ने २–३ वटा प्वाल बनाएर दूरविनको प्रयोगले नसालाई काटिन्छ । बिरामीलाई पूरै लठ्ठ बनाएर करिब १ घण्टामा गरिने शल्यक्रियापछि होसमा आउनेबित्तिकै उसले फरक महसुस गर्छ, पसिनारहित सुक्खा र न्यानो हात । शल्यक्रियापछि एक दिन मात्र अस्पतालमा बसे पुग्छ । एकपटकमा छातीको एकापट्टि वा आवश्यक परेमा एकैपटक दुवैपट्टि पनि शल्यक्रिया गर्न सकिन्छ ।
दूरविनको मद्दतले गरिने पेटको शल्यक्रिया (ल्यापारोस्कोपी) नेपाली समाजमा पनि पर्याप्त भिजिसकेको छ । त्यस्तै किसिमको छातीको शल्यक्रिया भ्याट्स भने हाम्रो देशमा फाट्टफुट्ट मात्र गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हालै स्थापित यो सेवा अहिले सुचारु छ । अति पसिनाबाट पीडित बिरामीले यसबाट यथोचित लाभ लिन सक्ने विश्वास गरिएको छ ।

मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.